Main Menu
  |   Sunday, June 24, 2018
प्रहरी इन्काउन्टरमा ‘गुन्डा नाइके’ मनोज पुनसहित दुई जना मारिए
प्रहरी इन्काउन्टरमा ‘गुन्डा नाइके’ मनोज पुनसहित दुई जना मारिए

बुटवल । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए ।

देवदह नगरपालिका ४ भवानीपुरमा पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा उनीहरुको मृत्यु भएको ज्ञवालीको भनाई छ । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको जनाएको छ ।

युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेलको हत्या गरेको आरोपमा झन्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए ।
उनीहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचनको हत्यामा पनि संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो । इन्काउन्टरमा मारिएका पुन र अालेको शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा पोस्टमार्टम हुदै‌ छ । पोस्टमार्टम पछि उनीहरुका परिवारलाई सम्पर्कमा ल्याएर शव जिम्मा लगाउने रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले बताए ।

को हुन मनोज पुन ?
रुपन्देहीको देवदह नगरपालिका–६ बासिन्दा हुन मनोज पुन। उनको वास्तविक नाम मनोज बुढामगर हो। एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि उनी युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष भएका थिए। संगठनमा रहँदा पनि उनले फिरौती माग्ने तथा धम्क्याउने जस्ता काम गर्दै आएका थिए। फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गैरकानुनी काम गरेको अरोपमा युथ फोर्सको साधारण सदस्यसमेत नरहने गरी पार्टीले उनलाई कारबाही गरेको थियो। पुन ३ वर्षदेखि मोष्ट वान्टेडको सूचीमा रहेका थिए।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।