Main Menu
  |   Friday, December 15, 2017
एनसिडी बैंकवाट अन्तरबैंकिङ्ग भुक्तानी प्रणाली (IPS) सेवा शुरु
एनसिडी बैंकवाट अन्तरबैंकिङ्ग भुक्तानी प्रणाली (IPS)  सेवा शुरु

बुटवल । बुटवल ६, रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडेले अन्तर बैंक विद्युतिय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सञ्चालन गरेको छ । यस सेवा अन्तर्गत नेपाल ल्कियरिङ्ग हाउसको अन्तरबैंकिङ्ग भुक्तानी प्रणाली (IPS) संग आवद्घ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले कुनै पनि बैंक वा वित्तीय संस्थामा रहेकोे आफ्नो खातामा अर्को बैंक वा वित्तीय संस्था मार्फत सिधै रकम जम्मा गर्न र भुक्तानी लिन सक्नेछन् ।

उक्त सेवा नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडका मुख्य शाखा, बुटवल, सौ.फर्साटिकर, मणिग्राम, र सिद्धार्थनगर शाखा, रुपन्देही शंकरनगर र रानीवगीया एक्सटेन्सन काउण्टर, रुपन्देही, टाँडी शाखा र बुद्धचोक एक्सटेन्सन काउण्टर, चितवन अरुणखोला र भुताहा शाखा, नवलपरासी लगायतका सबै शाखा तथा एक्सटेन्सन कार्यालयहरुवाट लिन सकिने बैंकले जनाएको छ ।

रुपन्देही, नवलपरासी र चितवनमा १० वटा शाखा तथा विस्तारित शाखा कार्यालयहरु मार्फत २४,००० निक्षेपकर्तालार्ई ए.टि.एम, सन्ध्याकालिन, लकर, निशुल्क ए.बि.बि.एस., इलेक्ट्रोनिक चेक क्लियरिङ र ३६५ दिने बैकिङ्घ सेवा लगायतका अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको उक्त बैंकको अधिकृत पूँजि ६० करोड तथा चुक्ता पूँजि २२ करोड २ लाख ९४ हजार ९ सय, निक्षेप २ अर्ब, कर्जा लगानी १ अर्ब ६२ करोड र निष्कृय कर्जा ०.७९ प्रतिशत रहेको छ भने गत आषाढ मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार रु. ५ करोड ६७ लाख संचालन मुनाफा रहेको छ ।

बैंकले गत असोज २६ गते देिख आफ्ना साविकका शेयरधनिहरुलाई चुक्ता पुंजीको १२० प्रतिशतका दरले रु. १०० अंकित २६,४३,५३८.८० कित्ता हकप्रद शेयरको विक्री तथा निष्काशन खुल्ला गरेको छ । गत असोज १७ गते सम्म कायम शेयरधनिहरुले कार्तिक २९ गते सम्म बैंकको निष्काशन प्रबन्धक एनआईविएल क्यापीटल लि., लाजिमपाट काठमाण्डौ र एनआईविएल बैंकका शाखा कार्यालयहरु तथा नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडको सबै शाखा तथा उपशाखा कार्यालयहरुवाट उक्त हकप्रद शेयरको लागि आवेदन दिन सक्ने व्यवस्था मिलाईएको छ ।

बैंकवाट एसएमएस सेवा लागु गर्ने कार्य अन्तिम चरणमा पुगेको र बैंकको थप ५ वटा शाखा कार्यालय खुल्ने प्रकृयामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।