Main Menu
  |   Sunday, July 22, 2018
को बन्ला नेपाल प्रहरीको भावी आईजीपी ?
को  बन्ला नेपाल प्रहरीको भावी आईजीपी ?

काठमाडौं । दशकौंदेखि राजनीतिको छायाँबाट अछुतो रहन नसकेको नेपाल प्रहरीको भावी प्रमुख को हुने भन्ने चर्चा फेरि चुलिएको छ । वर्तमान प्रहरी महानिरीक्षकसँगै एआइजीहरु पनि अवकाश हुने अवस्था रहेकोले डीआइजीहरुमध्ये नै आइजी हुने निश्चित भए पनि को हुने भन्ने टुंगो लाग्न बाँकी छ ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले यही चैत २८ गतेदेखि अवकाश पाउँदै छन् ।

उनीसँगै १५ जना एआइजी, ९ जना डिआइजी र २ जना एसएसपी पनि सोही दिनदेखि अवकाश पाउँदै छन् । सबै एआईजीहरु एकैसाथ अवकाश पाउने भएपछि डिआईजीबाटै भावी महानिरीक्षक छानिने छन् ।

यसअघि उपेन्द्रकान्त अर्याल झन्डै ४ दिन एआईजी बनेर आईजीपी बनेका थिए । हालका आईजीपी प्रकाश अर्याल पनि डीआईजीबाटै आईजीपी भएका हुन् ।

अहिले रहेका एआईजीहरु र आईजीपी सबै एउटै ब्याचका उत्पादन हुन ।

रोलक्रम अनुसार डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की सबैभन्दा अगाडि छन् । यी तीनै जना अधिकृत प्रहरी संगठनमा निकै चर्चित मानिन्छन् ।

डिआईजीबाट एकै चोटी आईजीपी बन्ने भाग्यमानी प्रहरी अधिकृतमा यी तीन जनामध्ये एक जनाको नाम लेखिने निश्चित जस्तै छ । तीनमध्ये एक जना आईजीपी भएपछि दुई जना एआईजी हुने छन् ।

त्यसैगरी डिआईजीहरु उत्तम कार्की, धिरु बस्नेतलगायतको समूहबाट एआईजीमा बढुवा हुनेछन् ।

अहिले डीआईजी भएकाहरुमध्येबाट १६ जनाको बढुवा भएर एआईजी हुने छन् । त्यस अवस्थामा २७ जना डिआईजीको पद रिक्त हुने छ । अहिले पनि १२ वटा डिआईजीको पद खाली छ ।

यसमा एसएसपीहरु केदार रिजाल, विश्वराज पोखरेल, धिरजप्रताप सिंह, उत्तम सुवेदीलगायतको समूहबाट एकै पटक डिआईजीमा बढुवा हुने अवस्था देखिन्छ ।

नेपाल प्रहरीमा एसएसपीमा ६ वर्ष, डिआईजी र एआईजीमा ५ वर्ष सेवा गरेपछि स्वतः अवकाश हुने व्यवस्था छ । नेपाल प्रहरीमा हाल १२ डीआईजी, १७ एसएसपी, २३ एसपी, ४७ डिएसपी र झन्डै एक सय इन्स्पेक्टरको पद रिक्त छ । वर्षौंदेखि रोकिएको सइहरुको बढुवा पनि हुन सकेको छैन । ईमेज खवरबाट ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।