Main Menu
  |   Tuesday, September 19, 2017
नयाँ वर्ष, नयाँ प्रतिज्ञा
नयाँ वर्ष, नयाँ प्रतिज्ञा

कुनै पनि कार्य थालनी गर्नु भनेको सो कार्य आधा सकिनु बराबर हो । तर, यो थाहा हुँदाहुँदा पनि हामीलाई थालनी गर्न कठिन नै लाग्छ ।
प्रायः कुनै पनि व्यक्तिले शुभकामना दिँदा वा आशीर्वाद लिँदा ठूलो घर प्राप्त होस्, लाखौं, करोडौं धन प्राप्त होस्, ठूलो चिठ्ठा परोस् भनेर शुभकामना दिने वा लिने गर्दैनन् ।

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘हिजोबाट सिक, आजको लागि बाँच र भोलिमा आश गर ।’ बेलायतका लेखक तथा कवि टिएस इलिअटले भनेका छन्, ‘गएको वर्षको शब्द गएको वर्षकै भाषा थियो, अर्को वर्षले अर्कै भाषा प्रतीक्षा गर्दछ ।’

अमेरिकी फुटबलर विलियम थोमसले भनेका छन्, ‘यदि मसँग दुख वा पश्चाताप छैन भने नयाँ वर्ष पनि हुँदैन ।’ वास्तवमा मानव जीवनमा नयाँ वर्षको निकै महत्व हुन्छ तर, अधिकांश मानिसले यसको वास्तविक महत्वलाई नै बुझ्न सकेका हुँदैनन् । नयाँ वर्षमा साथीभाइ, इष्टमित्र तथा शुभेच्छकलाई खुसी, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरिन्छ । कोही मन्दिरमा गएर यस्तै प्रकारका खुसियाली, दुख वा परिस्थितिको सामना गर्न शक्ति माग्छन् । परिवार तथा साथीभाइलाई, इष्टमित्रलाई खुसी, सुखी राख्न सकूँ भनी कामना गर्छन् वा आफूले गरेको कुनै गल्ती भए माफ गरिदिन अनुरोध गर्छन् ।
malla
प्राय कुनै पनि व्यक्तिले शुभकामना दिँदा वा आशीर्वाद लिँदा ठूलो घर प्राप्त होस्, लाखौं, करोडौं धन प्राप्त होस्, ठूलो चिठ्ठा परोस् भनेर शुभकामना दिने वा लिने गर्दैनन् । घर, नगद, पदोन्नति, मुनाफा जस्ता चिज परिणाम हुन्, जुन चिज नयाँ वर्षमा शुभकामना दिइँदैन । किनभने परिणम भनेको शुभकामनाबाट प्राप्त हुँदैन । परिणाम प्राप्त गर्नका लागि मानिसले मेहनत गर्नुपर्छ ।

नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्नु पछाडिको उदेश्य यो हो कि, अघिल्लो वर्ष जेजसरी बिते पनि, यो वर्ष म सँधै खुसीका साथ बिताउनेछु । यो वर्ष म त्यस्तो कुनै कार्य गर्ने छैन, जसले गर्दा म दुखी हुन परोस् । आइन्स्टाइनले, हिजोबाट सिक, आजको लागि बाँच र भोलिमा आश गर भनेझै हिजोको अनुभव तथा गल्तीबाट सिकेर आज हाँस्छु, आफू रमाउँछु र अरुलाई पनि रमाउन मद्दत गर्छु । भोलिका लागि ज्ञान, सीप, मान, प्रतिष्ठा आदि कमाउँछु अनि धन पनि कमाउँछु भन्ने सन्देश मनन गर्नुपर्छ ।

टिएस इलिअटले भने अनुसार गएको वर्षको शब्द गएको वर्षकै भाषा थियो, अर्को वर्षले अर्कै भाषा प्रतीक्षा गर्दछ भनेझैं हामीले यस वर्ष सफलता प्राप्त गर्नुछ भने नयाँ सीप तथा ज्ञान हासिल गर्नुपर्छ । अघिल्लो वर्ष सिकेको ज्ञान तथा सीपले यो वर्ष पनि चाहेको सफलता हासिल गर्न सकिँदैन । नयाँ वर्षमा नयाँ थप ज्ञान तथा सीप हासिल गर्नेतर्फ ध्यान दिनु जरुरी हुन्छ । त्यसै कारणले गर्दा संसारका ख्याति प्राप्त विद्वानले एकपछि अर्को नयाँ नयाँ ज्ञान तथा सीप हासिल गर्नका लागि तल्लीन रहन्छन् ।

विलियम थोमसले आफ्नो भनाइमा मानिसलाई जिन्दगीलाई सुन्दर रुपमा ग्रहण गर्न र लक्ष्य प्राप्ति गर्नका लागि कहिल्यै हार नमान्न सुझाएका छन् । उनले दुख वा पश्चातापलाई जिन्दगीको एउटा सुन्दर उपहारको रुपमा लिएका छन् । नयाँ वर्ष दुख वा पश्चातापलाई सुधार गर्ने एउटा सुवर्ण अवसर मानेका छन् । ब्लुम वर्ग न्युजका सिइओ तथा संस्थापक माइकल ब्लुम वर्गले २०१७ सालका लागि हर परिस्थिति सामना गर्ने, आफ्नो सीप, कला तथा ज्ञानलाई निरन्तर निखार्दै लैजाने बताएका थिए ।

उनका अनुसार कुनै पनि प्रकारका सीप, कला तथा ज्ञानले जिन्दगीमा कुनै नै कुनै बखत फाइदा दिन्छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले २०१७ मा धेरै भन्दा धेरै व्यक्तिसँग सम्पर्क गर्ने, उनीहरूले कसरी जीवन बिताइराखेका छन्, काम गरिराखेका छन् र भविष्यको बारेमा कसरी सोचिराखेका छन् भन्ने सम्बन्धमा जानकारी लिने योजना बनाएको बताएका छन् ।

अमेरिकामा ४५ प्रतिशत मानिसले नयाँ वर्षमा विभिन्न प्रकारका प्रतिज्ञा गर्छन् जसमध्ये ८ प्रतिशतले आफ्ना प्रतिज्ञा वर्ष समाप्त हुनुभन्दा पहिला पूरा गर्छन् भने ५० प्रतिशतले ६ हप्ताभित्रमा नै प्रतिज्ञा तोड्छन् । एक अध्ययन अनुसार अमेरिकीले २०१७ मा निम्न बमोजिमका कार्यलाई प्राथमिकता दिएका थिए । वजन घटाउने, आफूलाई व्यवस्थित बनाउने, मितव्ययिता अपनाउने र बढी बचत गर्ने, जिन्दगीमा भरपूर आनन्द लिने र पूर्ण जीवन बिताउने, फिट र स्वस्थ रहने, नयाँ नयाँ ज्ञान हासिल गर्ने, धुमपान छोड्ने, अन्यको सपना पूरा गर्न सहयोग गर्ने, प्रेममा पर्ने र परिवारसँग अधिक समय बिताउने ।

देश, परिस्थिति, भूगोल, संस्कृति, धर्म अनुसार नयाँ वर्षमा मानिसले गर्ने प्रतिज्ञा फरक हुन सक्छन् तर, प्रतिज्ञा जस्तोसुकै भए पनि प्रतिज्ञा पूरा गरेको उक्त व्यक्तिलाई सकारात्मक लाभ हुन्छ । कुनै पनि कार्यको थालनी गर्नु भनेको सो कार्य आधा सकिनु बराबर हो तर, यो थाहा हुँदाहुँदा पनि हामीलाई थालनी गर्नका लागि नै कठिन लाग्छ । कार्य पूरा गर्नका लागि हामीलाई धर्य आवश्यक पर्छ । धैर्य गर्ने बानी बसाल्नुपर्छ ।

कुनै पनि व्यक्ति १ कक्षाबाट २ कक्षामा जानका लागि १ वर्ष पढ्नुपर्छ, १ वर्ष धैर्य गर्नुपर्छ भने हामीले आफ्नो जिन्दगीमा तय गरिएको लक्ष्य प्राप्ति एकैछिनमा हुँदैन भन्ने हामीले हेक्का राख्नुपर्छ ।

दशरथ माझीको जीवनीमा आधारित रहेर सन् २०१५ मा बनेको नवाजुद्धिन सिद्धिकी अभिनित बलिउड चलचित्र ‘माझीः द माउन्टेन म्यान’मा माझी बनेका सिद्धिकी भन्छन्, ‘भगवानको भरोसामा नबस्नू, के भर भगवान हाम्रो भरमा बस्नुभएको छ कि !’ चलचित्रले हामीलाई कुनै पनि कामको नतिजाका लागि हामी आफैले काम गर्नु जरुरी छ भन्ने सन्देश दिएको छ ।

भगवानको जति भक्ति तथा प्रार्थना गरे पनि लक्ष्य प्राप्तिका लागि हामी दत्तचित्त भएर नलागेमा सफलता हासिल गर्न सकिँदैन । प्रतिज्ञा कस्तो हुनुपर्छ भन्ने यो चलचित्रमा दशरथ माझीको प्रतिज्ञा एउटा राम्रो उदाहरण रहेको छ । माझीले एक्लैले भारतको बिहार राज्यको गयानजिक गेहलउर गाउँमा केवल घन र गैचीको सहायताले २२ वर्ष लगाएर ३ सय ६० फिट लामो, २५ फिट गहिरो र ३० फिट चौडा सडक बनाएका थिए ।

वास्तवमा नयाँ वर्ष बाटो बिराएकोलाई सही बाटोमा हिंड्न सिकाउने र पहिल्यै नै सही बाटोमा हिंडिराखेकाहरूलाई थप विश्वस्त भई अझ राम्रो गतिमा हिँड्न सिकाउने दिन हो । यदि हामीले नयाँ वर्ष एकदमै हर्षोल्लासका साथ मनाएर स्वागत गर्यौं तर, अन्य ३ सय ६४ दिन पहिलाको जस्तै वा यथास्थितिमा बिताउन थाल्यौं भने नयाँ वर्षको स्वागत अर्थहीन हुन्छ । हरेक दिन कुनै पनि गलत कार्य गर्नु पूर्व नयाँ वर्षलाई स्वागत गर्दा खाएको कसम वा प्रतिज्ञा सम्झनु पर्छ ।

नयाँ वर्षमा म फरक ढंगले अघि बढ्नेछु, नयाँ तरिकाले सोंच्नेछु, नयाँ तरिकाले कार्य गर्नेछु, ३ सय ६५ दिन नै खुसीका साथ बिताउनेछु, खराब बानी, खराब आचारण त्याग्नेछु, सबैलाई सम्मान गरेर आफूले पनि सम्मान प्राप्त गर्नेछु, असफलतासँग डराउने छैन, लक्ष्य प्राप्तिका लागि आवश्यक नयाँ ज्ञान तथा सीप हासिल गर्नका लागि कहिल्यै कन्जुस्याइँ गर्ने छैन आदि जे जस्ता कसम वा प्रतिज्ञा गरिएका थिए, सबैलाई आफूले देख्ने गरी भित्तामा लेखेर राखेमा सो को कार्यान्यवन गर्न सजिलो हुन्छ ।

व्यक्तिले आफ्नो सामथ्र्य अनुसारको प्रतिज्ञा गर्नुपर्छ र पूरा गर्न सकिने खालको यथार्थवादी हुनुपर्छ । नयाँ वर्षमा हामीले एकदमै ठूलै प्रतिज्ञा गर्नुपर्छ भन्ने छैन । सानै भए पनि, जे प्रतिज्ञा लिन्छौं, त्यसलाई शतप्रतिशत पूरा गर्ने पूर्ण योजना बनाएर अगाडि बढ्न सक्यौं भने पनि जीवनमा उल्लेखनीय परिवर्तन ल्याउन मद्दत मिल्छ । दशरथ माझी जस्तै आफ्नो प्रतिज्ञामा प्रतिवद्ध रहौं । नयाँ वर्ष २०७४ मा यहाँहरूले गर्नुभएका प्रतिज्ञा पूरा होऊन्, सकारात्मक सोच, मेहनत, ज्ञान, सीपको भोकले कहिल्यै पनि साथ नछाडोस् । नयाँ वर्ष २०७४ को अवसरमा सुख, खुसी, समृद्धि तथा सफलताको शुभकामना !

(मल्ल ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।)

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।