Main Menu
  |   Friday, December 15, 2017
ओम बैंकको जर्मनी बैंकसँग सहकार्य
ओम बैंकको जर्मनी बैंकसँग सहकार्य

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लि. र केएफडब्लु डेभलपमेन्ट बैंक जर्मनीले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतीमा दिगो आर्थिक विकास कार्यक्रम -Sustainable Economic Development in Rural Areas, Nepal कार्यक्रम अन्र्तगत कर्जा लगानी गर्न सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर भएकोछ । सम्झौतापत्रमा अर्थमन्त्रालयको तर्फबाट सह–सचिब लालबहादुर खत्री, नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक उपेन्द्र पौडेल, ओम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र केएफडब्लु डेभलपमेन्ट बैंक लि.को प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानीको गर्न १० बर्षको लागि रकम उपलब्ध गराउनेछ । उक्त कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, बृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययन कार्यको लागि १ मिलियन युरो रकम सहयोग उपलब्ध गराउनेछ । केएफडब्लु जर्मनको सबैभन्दा ठुलो सरकारी डेभलपमेन्ट हो । जसले बिगत ३ बर्षदेखि नेपालमा बिभिन्न चरण अन्तर्गत बैंकको स्थलगत निरिक्षण तथा बित्तीय बिवरणहरुको अध्ययन गरे पश्चात नेपालका बैंक तथा बित्तीय संस्थाहरुमध्ये पहिलो चरणमा ओम डेभलपमेन्ट बैंकलाई सहकार्यको लागि छनौट गरेकोहो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।