Main Menu
  |   Friday, November 24, 2017
१५ वर्षीय गायक प्रेम परियारको अन्तरकथाः बाल्यकालमै वयस्कलार्इ चुनाैती
१५ वर्षीय गायक प्रेम परियारको अन्तरकथाः बाल्यकालमै वयस्कलार्इ चुनाैती

Photo : streetnepal.com

काठमाडौं । करिब लगभग ४ वर्षअघिको कुरा हो । कलाकार शिशिर राणा काठमाडौंबाट पोखरा जाँदै थिए । मलेखुस्थित एउटा होटलमा खाजा खान ओर्लदाँ सानो बालकले सुमधुर स्वरमा गीत गाएको देखेर प्रभावित बने ।

दोस्रोपटक शिशिरले संगीतकार महेश खड्कालाई उनको घरसम्मै लिएर पुगे । त्यहाँ ती बालकको स्वरलाई अनौपचारिक जाँच गराए । संगीतकार महेश खड्का पनि प्रभावित बने । अन्ततः ती बालकलाई रेडियो नेपालको सिंहदरवारस्थित स्टुडियोसम्म ल्याइयो र गीत गाउन लगाइयो ।

प्रेम परियार तिनै बालक थिए जो अहिले कान्छो पुस्ताको उम्दा गायकको रुपमा स्थापित हुँदै छन् ।

उतै हराउँछुकी जस्तो लाग्थ्यो
जतिबेला प्रेम परियार मलेखुका होटलहरुमा अरुका गीत गाएर गुजारा चलाउँथे । ४ वर्षअघिसम्म उनी हाइवे छेउका साना होटलमा हिन्दी तथा नेपाली आधुनिक गीत गाएथे र पैसा कमाउँथे । सडकमा दैनिक ओहोर–दोहोर गर्ने सयौँ यात्रुहरु उनका स्रोता हुन्थे । एउटा सानो बालकको सुरिलो स्वरमा गीत गाउने शैलीबाट प्रभावित भएर यात्रुहरुले पैसा पनि दिन्थे ।

दिनहुँ त्यस्ता नयाँ यात्रुहरु आउँथे–जान्थे । उनी भने गीत गाइरहन्थे, निरन्तर । किनकी उनको दैनिकी नै गाउनु थियो ।

त्यसबेला उनले आजको दिनबारे कल्पना समेत गरेका थिएनन् । ‘त्यतै हराउँछु की भन्ने लाग्थ्यो । यसरी यहाँसम्म आइपुग्छु भन्ने सोचेकै थिइन’ प्रेम भन्छन्, ‘काठमाडौं आएपछि धेरै सिकेँ पनि । सिनियर संगीतकार÷गायकहरुले पनि माया गर्नुभयो ।’

भद्र स्वभावका यी गायकको आवाज बाल गीतमा मात्रै फिट हुन्छ । तर, अवस्था यस्तो आयोकी, प्रेम परियारको गायनकै लागि एउटा चलचित्रको अर्को श्रृङ्खला थपियो ।

नाइ नभन्नु ल २ मा उनले गायका ‘यी आँखामा तिमी छ्यौ…’ ‘मान्छे नमर्ने शहर हुँदैन…’ सर्वाधिक हिट भयो । गीतकै कारण फिल्मले पनि राम्रो व्यापार गर्न सक्यो । ‘नाइ नभन्नु ल–२’ मा शीर्ष गीत गाएर तहल्का मच्चाएका यी बालकको आवाज सोही फिल्मको तेस्रो संस्करणमा भने राखिएन ।

प्रेमको गीत नसमेटिएकाले नै सो फिल्म फ्लप भयो भन्ने टिप्पणी पनि सुनियो । त्यसैले ‘नाईँ नभन्नु ल–४’ मा उनको स्वर समावेश गरिएको छ । सिंगो टोली नै प्रेमको गीतकै कारण चलचित्र चर्चामा आउने आशामा छ ।

प्रेमलाई आज जुन उचाइ र प्रसंशा मिलेको छ यसमा कसैको सहयोग र सद्भाव त पक्कै छ । तर उनको सफलताको कहानी लामो संघर्ष र लगावले भरिएको छ ।

ललितपुरस्थित युनाइटेड स्कुलको कक्षा ७ मा उनी पढ्छन् । पढाइ–लेखाइबाट बचेको समयमा संगीत सिक्छन् ।

शनिबार र अरु विदाका दिनहरुमा स्कुलले पनि उनका लागि संगीत कक्षाको व्यवस्था गरिदिएको छ । पढाई थप जटिल बन्दै जाँदा गायनमा थप निखारपन ल्याउने चुनौती पनि उत्तिकै रहेको ठान्छन् उनी ।

एकातिर गायन छ भने अर्कोतिर स्कुले पढाइ । यिनै दुई धारबीच अब्बल सावित हुने ठूलो चुनौती छ प्रेमलाई यतिखेर । त्यसो त, स्थापित बन्न थुप्रै गायकहरुसँग अप्रत्यक्ष रुपमा प्रतिष्पर्धा पनि गर्नैपर्ने छ ।

गायनकै शिलशिलामा प्रेमले झण्डै आधा दर्जन देश चाहारिसके । हङकङ, कोरिया, कतार र अष्ट्रेलीयामा रहेका हजारौँ नेपालीहरुलाई आफ्नो सुरिलो आवाजले मन्त्रमुग्ध पारे । त्यसैले त लाखौँ नेपालीहरु उनका सुभचिन्तक बनेका छन् । जहाँ जान्छन् उनका स्रोता–दर्शकहरु ताली बजाउँदै ‘वान्स मोर’ भन्छन् ।

‘त्यस्तो भन्दा खुसी लाग्छ । हौसला पनि मिल्छ’ लजालु पारामा भन्छन्, ‘गीत गाउने शिलशिलामा सिनियर गायक÷संगीतकारहरुसँग धेरै ठाउँमा गएको छु । उहाँहरुसँगै बसेको छु । धेरैले माया गर्नुभएको छ ।’

योजना र ठूला सपना छैनन्
संगीतसँगको उनको साइनो सानैदेखिको हो । स्थानीय स्तरबाटै गाउँदैआए । अचेल राष्ट्रियस्तरमै आफ्नो कला र क्षमता निखार्दैआएका छन् प्रेम । यद्यपी, ठूला सपनाहरु सजाउन भने भ्याइसकेका छैनन् । भन्छन्, ‘अहिले नै सपना र योजना बनाउने बेला पनि होइन नि ।’ गत आइतबार आफ्नै स्कुलका प्रिन्सिपलको अफिसमा लजाउँदै भने ‘गर्दै जाउँ कहाँ पुगिन्छ । तर, गीत–संगीत बाहेक अरु सोचेको पनि छैन ।’

स्कुले पढाइको चेपमा पनि प्रेम आफ्नो व्यावसायिकता पुष्टि गर्न पछि परेका छैनन् । त्यसैको उदाहरण बनाएका छन् पछिल्ला दुई गीत ‘मैना राजा मैना रानी…’ र ‘कसम हामीले खाएका थियौँ …’ । जुन ‘नाईँ नभन्नु ल–४’ मा समेटिएका छन् ।

१५ वर्षे यी गायकले अहिलेसम्म १० भन्दा बढी गीत गाइसके । तीमध्ये केही गीत कहाँ छन् उनी आफैँलाई थाहा छैन् । भन्छन्, ‘सुरुसुरुमा गाएको बाल गीतहरु कता हराए कता, युट्युवमा पनि भेटिँदैन ।’

गायनका सुरुवाती दिनमा गाएका बाल गीतहरु रेकर्ड गरिए पनि बजारमा नआएको हुनसक्ने प्रेमको अनुमान छ ।

त्यसो त, उमेरको तुलनामा उनले गाएका गीतको संख्या र लोकप्रियता पनि सर्वाधिक भन्दा अतिशयोक्ति हुनेछैन । भलै सहानुभुतीका प्रसंशा त होलान् । बाल गायनमा पहिलो रोजाइमा पर्छन् प्रेम । जुन आफैँमा सफलताको उचाइ पक्कै हो ।

त्यस्तै, फिल्म ‘नाईँ नभन्नु ल–२’ मा उनको गीतले पाएको लोकप्रीयता कुनै स्थापित र परिपक्व गायकका लागि लोभलाग्दो बनेको छ ।

पछिल्लो समय उम्दा बनेर राष्ट्रिय स्तरमा चिनिएका प्रेम यथार्थमा वयष्क गायकका लागि पनि चुनौतीका पात्र बनेका छन् ।

कलिलो आवाज तर परिपक्व लय । गम्भीर र अन्तरमुखी स्वभावका प्रेम आफ्नो गायकीलाई भने सधैँ न्याय गर्छन् । धादिङको मलेखुबाट गायकी परिक्षण गरी काठमाडौं ल्याउने क्रममा संगीतकार महेश खड्काको मुख्य हात थियो यद्यपी, प्रेमले अहिलेसम्म बसन्त सापकोटासँग धेरै काम गरे ।

यसो हुनुको कारण के पनि थियो भने धेरैजसो चलचित्रका रोजाइका संगीतकार बसन्तले पनि उनै प्रेमको स्वरमा काम गर्ने इच्छा देखाए ।

पछिल्ला दिनहरुमा देश–विदेशमा रहेका लाखौ संगतिप्रेमीहरु प्रेमका जबर्जस्त सुभेच्छुक बनेका छन् । देशका विभिन्न सहरमा उनको स्टेज पर्फमेन्सको लागि धेरै अफर आइरहन्छन् । विदेशमा बसेका संगीतप्रेमी नेपालीहरुले उनकै लागि कार्यक्रम तय गर्छन् । हङकङ, कोरिया, अष्ट्रेलिया लगायत देशमा भएका स्टेज पर्फमेन्समा पनि उनले आफ्नो कौशल पुष्टि गरे ।

‘अचेल पनि विदेशमा पर्फमेन्स गर्ने निम्तो आइरहन्छ तर पढाइ पनि निरन्तर गनुपर्ने छ’ उनी भन्छन् ।

यो कलिलो उमेरमा लाखौं संगीतप्रेमीहरुको अपेक्षा र प्रेमको भारी बोकेर सफलताको सिंढी उक्लनु छ उनलाई । स्टेज पर्फमेन्स र पढाइकै कारण आफ्नै जन्मथलो मलेखु समेत जान नपाउँदा गाउँको यादले पिरोल्ने सुनाउँछन् उनी । भन्छन्, ‘चाडवाडको बेला जान नपाउँदा मिस हुन्छ ।’ यद्यपी, उनलाई ती दुवै कामसँगै बढाउनुपर्ने छ, स्कुले पढाई र गायन । प्रेमले त्यो भन्दा निकै ठूलो चुनौति उठाएका छन् बाल्यकालमै स्थापित गायकहरुसँग प्रतिस्पर्धा गरेर ।

नेपालीपत्रबाट

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।