Main Menu
  |   Friday, October 20, 2017
शान्तिको सन्देश सहित लुम्बिनीमा साँस्कृतिक मेला (तस्विरहरु सहित )
शान्तिको सन्देश सहित लुम्बिनीमा साँस्कृतिक मेला (तस्विरहरु सहित )

लुम्बिनी । नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आईतबार लुम्बिनीमा ‘राष्ट्रिय साँस्कृतिक मेला–२०७१’ गरेको छ । शान्ति, सदभाव र एकताको सन्देश लिएर मोफसल यात्रामा निक्लिएको प्रतिष्ठानले जनकपुरपछि लुम्बिनीमा कार्यक्रम गरेको हो ।

सो प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ र उपकुलपति शम्भुजीत बासकोटाले च्याबु्रङ बजाएर मेलाको उद्घाटन गरे । नेपाल साँस्कृतिक रुपमा धनी भएको र देशको विविध सँस्कृति सबैतिर फैलाउन यो मेला आयोजना गरिएको नेपाल नाट्य तथा सँगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बताए ।

प्रतिष्ठानका उपकुलपति शम्भुतीज बासकोटाले सीताको पवित्र जन्मभूमि जनकपुर र भगवान बुद्धको पवित्र जन्मभूमि लुम्बिनीबाट देशभर शान्ति र एकताको सन्देश दिन दुई ठाउँमा साँस्कृतिक मेला आयोजना गरेको बताए । बासकोटाले बिना सँगीत भए पनि दर्शकको आग्रहमा शनिबारको दिन…, आच्छा लेकिन, चट्ट रुपमा क्या मालुम…सहितका गीत पनि सुनाए ।

कार्यक्रममा गायक सत्यराज आचार्यले जहाँ छन बुद्धका आँखा…गाउँदा दर्शकले हात हल्लाएर गीतमा साथ दिए । उनले साँझ पख बतास चल्यो…गीत पनि गाए ।
लगत्तै मञ्चमा उत्रेका स्वरुपराज आचार्यका गीतमा पनि दर्शकले उत्तिकै मज्जा लिए । उनले यती धेरै मायाँ…, मर्ने कसैलाई रहर हुँदैन…, यि आँखामा तिमी छौ…गीत र्गाउँदा दर्शक निरन्तर नाच्न र उनीसँगै गाउनमा व्यस्त रहे ।
गायिका मिलन अमात्यले श्लोली श्लोली…, गाला रात्तै..जस्ता गीत गाएर दर्शकलाई नचाईन । गायिका झुमा लिम्बुले हाक्पारे गीत तथा कता हिँडिरहेछ…लगायतका गीत सुनाईन् । जुना प्रसाईले प्रस्तुत गरेको गैरी खेतको शिरै हान्यो…सहितका गीतमा पनि दर्शकले मनोरञ्जन लिए ।

अर्का गायक सँजय तुम्रोकले यो गाउँको ठिट्टो म…गाउँदा तन्नेरी देखि बुढासम्म ठिट्टो बन्दै नृत्य गर्न भ्याए । यस्तै गायक कल्याण आलेले बिहानी मिर्मिरेमा…जस्ता लोक गीत गाउँदा पनि दर्शकलाई मनोरञ्जन दिए ।
यी कलाकारले राष्ट्रिय भावनाले ओतप्रोत आधा दर्जन गीतमा पनि नृत्य गरेका थिए । उनीहरुले रँगिबिरँगी फुलहरु…, शान्ति तिमी फर्किआउ…, मेरो शिरमा टोप…लगायतका राष्ट्रिय भावनाले ओतप्रोत गीतमा नृत्य गरे ।

मेलामा कलाकारले मेची देखि महाकालीसम्मका विभिन्न जातजाति, भाषाभाषीको नृत्य प्रस्तुत गरेका थिए । राजधानीबाट आएका नृत्य कलाकारले स्थानीय दर्शकलाई ध्यानमा राखेर आफ्ना नृत्यहरु प्रस्तुत गरे । उनीहरुले मुजरा नृत्य, गन्नेकी खेतमे…गीतमा भोजपुरी नृत्य, नजिकिँदै गएको फागु पूर्णीमाको आभाष दिलाउन होली नृत्य प्रस्तुत गरे ।

यस्तै उन्नती बोहरा शिलाको चर्चित गीत शान्ति तिमी फर्की आउ…मा भिक्षु बनेर कलाकारले नृत्य गर्दा कार्यक्रम हेर्न आएका लुम्बिनीका भिक्षुहरुले पनि खुसीले ताली बजाए । राष्ट्रिय भावनाले ओतप्रोत गीत रँगि बिरँगी फुल…, मेरो टोपी…गीतमा पनि दर्शकले नृत्य कलाकारलाई तालीले साथ दिए ।

कार्यक्रममा सुदुर पश्चिमको हुड्केली, मध्य पश्चिमको थकाली, हिमालको शेर्पा, पहाडको काठमाडौं उपत्यकाको लाखे तथा पूर्वी नेपालको च्याबु्रङ नृत्यले सिँगो देशको साँस्कृतिक झलक त्यहाँ दर्शकले देख्न पाए ।
लुम्बिनी टाइम्स डट कम र बुटवल एफ एम मिडिया पार्टनर रहेको कार्यक्रमको सन्चालन सन्चारकर्मी सुशील आलेले गरेका थिए ।

कार्यक्रमका तस्विरहरु
lumbini programme 2 satya
lumbini programme  swaruplumbini programme 2 milanlumbini programme  junalumbini programme 2 jhumalumbini programme 1

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।