Main Menu
  |   Friday, November 24, 2017
‘पश्चिम नेपाल भूकम्पको जोखिममा’
‘पश्चिम नेपाल भूकम्पको जोखिममा’

लण्डन । पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन्।

नयाँ तथ्याङ्कहरुले गत बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ सरेको उनीहरुले जनाएका छन्।
नेचर एण्ड साइन्स नामक जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी दिएका हुन्। तर उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिँ भन्न नसकिने बताए।

विध्वंश
बीबीसीसँग कुरा गर्दै ब्रिटेनको प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले भने, “यस क्षेत्रमा ध्यान दिन जरुरी छ, यदि आज भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्रै होईन, उत्तरी भारतको गङ्गा मैदानमा घना बसोबासका कारण पनि ठूलो विध्वंश हुनसक्नेछ।“

गत वैशाखको भूकम्प भारतीय प्लेट र युरोसियन प्लेट भनिने दुइ भौगर्भिक क्षेत्रहरुबीच घर्षण हुँदा पैदा भएको हो।

यो निरन्तर भइरहने प्रक्रिया हो जहाँ हरेक वर्ष जमीन दुइ सेन्टिमीटरले उत्तरतिर सरिरहेको हुन्छ। वैज्ञानिकहरुका अनुसार गत बैशाख १२ मा गएको भूकम्पले पृथ्वीमुनि सञ्चित तनावमध्ये केहीमात्रै सतह बाहिर निकालेको थियो।

प्राध्यापक अवुआकले भने, “यदि सो भुइँचालोले हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउन सक्थ्यो।“ अनुसन्धानकर्ताहरु पृथ्वीको सतहमुनिको केही तनाव पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको ठान्दछन्।
महाभूकम्प
हिमालयक्षेत्रमा सन् १५०५ मा ८.५ परिमाणको महाभूकम्प आएको थियो। हालै त्यता सरेको दबाबले गएको पाँचसय वर्षभन्दा बढी समयदेखि त्यहाँ जम्मा भईरहेको तनावमाथि थप दबाब थप्न सक्ने उनीहरु बताउँछन्। “अहिले हामी पश्चिम नेपालका बारे निकै चिन्तित छौं,” प्राध्यापक अवुआकले भने।

उनले नेतृत्व गरेको टोलीले त्यस क्षेत्रमा अरु बढी अनुगमन गर्नुपर्ने जनाएको छ, यद्यपि अर्को प्राकृतिक विपद् ठिक कहिले आउनेछ भनेर अनुमान गर्नु असंभव नै छ।
“हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु बसिरहेको ठाउँमुनि अत्यन्तै धेरै तनाव सञ्चित भईरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ,” प्राध्यापक अवुआकले भने।
उनले ठूला भूकम्पहरु पनि थेग्नसक्ने ससाना घरहरु निर्माण गर्न सुझाव दिए। नेपालमा गत वैशाखमा गएको भूकम्पमा परी झण्डै नौ हजार जनाको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए।

भूकम्प प्रतिरोधी
ब्रिटेनको ओपन युनिभर्सिटीसंग संबद्ध प्राध्यापक डेभिड रथरीले भने, “पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका स्कूले छात्रछात्रहरुलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय भवनहरुलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ।” अत्याधुनिक जीपीएस स्टेशनहरुबाट संकलन गरिएका थप तथ्यांकहरुले गत वैशाखमा गएको भूकम्पबाट अरु बढी क्षति हुनसक्ने देखाएको वैज्ञानिकहरु बताउँछन्।

प्राध्यापक अवुआकले भने, “काठमाण्डौ नजिकै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प आयो भन्ने सुन्दा त्यसबाट तीन देखि चारलाख मानिसहरुको ज्यान गयो भन्ने समाचार सुन्न म तयार भएर बसेको थिएँ, यो दुर्घटना हो, तर निकै घना जनसंख्या भएको इलाकामा १०,००० भन्दा कम मानिसहरुको ज्यान जानुलाई एउटा सानो संख्या नै मान्नु पर्दछ।“ गत वैशाखको भूकम्पले उच्च फ्रिक्वेन्सीको तरङ्गहरु सिर्जना गरेको भए काठमाण्डौका साना भवनहरुमा ठूलो क्षति पुग्न सक्ने थियो भनी वैज्ञानिकहरु बताउँछन्।

सो भूकम्पमा पर्याप्त तनाव निष्काशन नभएको, बरु जमीनमुनि जम्मा भएको तनाव पश्चिमतर्फ सरेकाले अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरुले बताएका छन्।

बीबीसी नेपालीबाट

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।