Main Menu
  |   Sunday, June 24, 2018
सनराइज बैंकले स्वास्थ्य विमा सुविधा प्रदान गर्ने
सनराइज बैंकले स्वास्थ्य विमा  सुविधा प्रदान गर्ने

बुटवल । सनराइज बैंक लिमिटेडले आफ्ना बचतकर्ताहरुलाई स्वास्थ्य विमा सुविधा प्रदान गर्ने भएको छ । सनराइज बैंक बुटवल शाखा द्धारा बुधबार देविनगर चौपारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त योजनाका सम्बन्धमा जानकारी गराइएको छ ।

उक्त योजना अन्तर्गत सन्राइज बैंकमा बचत खाता भएका सम्पूर्ण ग्राहकले स्वास्थ्य उपचारार्थ हुने खर्चमा भुक्तान दावी पाउने भएका छन् । यसका लागि बचत कर्ताको खातामा भएको वार्षिक औसत मौज्दात रकमको २५ प्रतिशत अथवा बिल रकम, जुन न्यून हुन्छ सो बराबर रु. १ लाखमा नबढ्ने गरी बैंक मार्फत स्वास्थ्य उपचार खर्च प्राप्त गर्नेछन् ।

कार्यक्रममा बैंकले हाल आफ्ना बचतकर्तालाई प्रदान गर्दै आइरहेको दुर्घटना विमा तथा बैंकले प्रदान गर्ने इलेक्ट्रोनिक बैंकिङ्ग सुविधाका बारेमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रमको सञ्चालन बुटवल शाखाका कर्मचारी सुजीत अर्यालले गरेका थिए भने स्वास्थ्य तथा दुर्घटना विमाकोबारे विकास के. सी तथा बजार व्यवस्थापन विभागका प्रतिनिधी विनोद भण्डारीले जानकारी गराएका थिए ।

कार्यक्रममा सुनवल शाखाका शाखा प्रबन्धक मेघ बहादुर के. सी. र भरतपुर शाखाका शाखा प्रबन्धक अच्युत श्रेष्ठको पनि उपस्थिती रहेको थियो । कार्यक्रम मार्फत सन्राइज बैंकका ग्राहक वर्ग, देविनगर क्षेत्रका स्थानीय बासी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बैंकको योजनाबारे जानकारी प्राप्त गरेका छन् ।

यो योजना आफ्ना ग्राहकवर्गहरुको सुरक्षित भविष्यलाई लक्ष्य गरी ल्याएको र यसले बंैकलाई अझ प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने बताएको छ। हाल बैंकको कूल शाखा सङ्ख्या ७६ रहेको छ भने देशभर ९२ वटा ए.टि.एम् , २० वटा शाखा रहित बैंकिङ्ग र ३ वटा एक्स्टेन्सन काउन्टर मार्फत ४ लाख भन्दा बढी ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।