Main Menu
  |   Friday, October 20, 2017
भूकम्पले लुम्बिनीमा केही भएको छैन
भूकम्पले लुम्बिनीमा केही भएको छैन

लुम्बिनी । आज मंगलबार दिउसो आएको भूकम्पका कारण बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा क्षति पुगेको भन्ने खबर झुटो भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीमा भूकम्पले क्षति पुर्‍यायो भन्ने हल्ला फैलिएपछि लुम्बिनी विकास कोषले कुनै क्षति नभएको र लुम्बिनी सुरक्षित रहेको प्रष्ट पारेको हो ।

‘लुम्बिनीमा केही पनि भएको छैन, भूकम्पको कम्पन त महसुस भयो तर क्षति भएको छैन–विकास कोषका सदस्य सचिव अजितमान तामाङले भने ।

भूकम्पले लुम्बिनीमा रहेका गुम्बा भत्किए भन्ने हल्ला बजारमा फैलिएको थियो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।