Main Menu
  |   Monday, October 22, 2018
प्रदेश ५ : अाज तेस्राे संसद बैठक
प्रदेश ५ : अाज तेस्राे संसद बैठक

बुटवल । नेकपा एमाले प्रदेशसभा–५ को संसदीय दलको कार्यालयले गठबन्धनबाट निर्वाचित सांसदहरुलाई आज बस्ने प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गरी सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप गरेका हुन् ।

‘उपसभामुख चयन जस्तो महत्वपूर्ण कार्यशूचि रहेको र मत विभाजनसमेत हुनसक्ने अवस्था भएकाले सांसदहरुलाई तोकिएको समयमै अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

नेता ढकालले प्रदेश पाँचका सबै जिल्लाका गठबन्धनका सांसदहरुलाई आइतबारको बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।

आइतबार र्फागुन ६ गते] बस्ने प्रदेशसभा बैठकले उपसभामुखको चयन गर्ने छ ।

उपसभामुखमा सांसद किस्नी थारुको उम्मेदवारी परेको छ भने कांग्रेसकी सांसद रीना नेपालले पनि उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो १ बजे मत विभाजन गरी सभामुख चयन हुनेछ ।

उपसभामुखमा थारू निर्वाचित हुने निश्चित जस्तै छ । ८७ सांसद रहेको संसदमा वाम गठबन्धनसँग ६१ सांसद छन् भने कांग्रेससँग १९ सांसद् छन ।

संविधानको धारा १८२ को उपधारा १ बमोजिम उपसभामुख चयन हुन लागेको हो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।