Main Menu
  |   Wednesday, November 14, 2018
‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’(फोटो फिचर)
‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’(फोटो फिचर)

बुटवल । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आइतवार यहाँ पदबहाली गराएका छन् । उनलाई रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा ७ नं प्रदेशका सचिव सनतकुमार दवाडीले पदबहाली गराए ।

रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकिएपछि आफ्नो जिम्मेवारी सम्हाल्न र आइतवार हुने प्रदेशसभाका सांसदलाई शपथ गराउन उनि शनिबार मात्र यहाँ आइपुगेका हुन् ।

पदबहालीपछि आफ्नै कार्यकक्षमा प्रदेश प्रमुख झाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रुप लिन लागेको अवस्थामा तीन वटै तहको निर्वाचनपछि अब संविधानले प्रदान गरेका जनताका अधिकारलाई सबैभन्दा पहिले संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए ।

उनले भने, “जनताका आकांक्षा स्वाभाविक रुपले धेरै भएको अवस्थामा संविधान र कानूनअनुसार धैर्य राखेमा संस्थागत गर्न कुनै समस्या हुँदैन । ” प्रदेशसभाका सांसदको शपथपछि प्रदेशसभाको बैठक आह्वान हुने र सरकार गठनको प्रक्रिया थालनी हुने छ । पदबहाली कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलगायत जिल्लाका उच्च प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
हेरौँ केही तस्बीरहरु

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।