Main Menu
  |   Monday, September 24, 2018
‘मह शत्रु गते’ समुहले फागुन २५ गते बुटवलमा यसो गर्ने छ
‘मह शत्रु गते’ समुहले फागुन २५ गते बुटवलमा यसो गर्ने छ

काठमाडौं । पछिल्लो समय गीतसंगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ’शत्रु गते’ ले मोफसल टुर गरेको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मीसंग भेटघाट गर्ने उदेश्यले फिल्मको मोफसल टुर गर्न लागिएको हो । टुरलाई रुस्लान भोड्काले सहयोग गरेको छ । ’रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य , किरण केसी , शिवहरी पौडेल , पल शाह , आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन ।

टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् । टुर फागुन २३ गते देखि ३० गतेसम्म चल्नेछ । टुर २३ गते हेटौडा , २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

यसो भन्छन कलाकार

हरिवंश आचार्य : हामी मोफसल टुरमा पुगेर दर्शक तथा स्थानीय सञ्चारकर्मीसंग भेटघाट गर्न आतुर छौ । यस टुरमा मैले दर्शकसंग साक्षात्कार त गर्ने नै छु साथै आफ्नो प्रस्तुति पनि पस्किने छु । मैले आफ्नो चर्चित गीत संगीत समेत गाउनेछु ।

किरण केसी : टुरमा हाम्रो प्रस्तुति रहनेछ साथै फिल्मको प्रचारप्रसार पनि गर्नेछौ । हामीले आफ्नो प्रचारप्रसार सामग्री त दर्शक माझ पुर्याईसकेका छौ , तर त्यसको प्रभाव के छ भन्ने बुझनको लागि पनि यो टुर आवश्यक रहेको छ । हामी दर्शकको फिडब्याक पनि प्रत्यक्ष रुपमा बुझनको लागि यो टुर गर्न लागेका हौ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।