Main Menu
  |   Thursday, July 27, 2017
बागलुङबाट झरेकी शित्तलको यस्तो छ संघर्षको कथा
बागलुङबाट झरेकी शित्तलको यस्तो छ संघर्षको कथा

बुटवल । बुटवल सञ्चार क्षेत्रमा मोफसलको राजधानीका रुपमा स्थापित भएको छ । यहाँ प्रशस्त सञ्चार गृह र धेरै सञ्चारकर्मीहरु रहेका छन् । सञ्चारकर्मीहरु धेरै भएपनि महिला सञ्चारकर्मीहरुको संख्या भने पुरुष सञ्चारकर्मीको तुलनामा कम छ । त्यसमा पनि प्रत्क्षय उद्घोषण क्षेत्रमा त औंलामा गन्न सकिने महिला उद्घोषकहरु रहेका छन् । यस्तै थोरै महिलाहरु मध्ये पछिल्लो समयमा चर्चामा आएकी एक उद्घोषिका शित्तल शर्मा हुन् ।

उनले विभिन्न कम्पनीका ब्राण्डहरुको उद्घाटन कार्यक्रम देखि नेपाल मै भव्य र बृहत मानिने औधोगिक प्रदर्शनी तथा व्यापार मेलामा कार्यक्रम सञ्चालन गरेकी छन् । विशेष गरि विश्व मै चर्चा कमाएको भारतिय टेलिभिजन जिटिभि द्वारा प्रसारण भएको डिआइडि लिटिल मास्टर सिजन–३ विजेता बन्न सफल टेरिया मगरका नेपालमा भएका विभिन्न कार्यक्रमहरुबाट उनि प्रतक्ष्य उद्घोषणमा सक्रिय रहेकी हुन् ।

मध्यम बर्गिय परिवारकी एक्ली छोरी शित्तल सानै देखि उद्घोषणमा रुचि राख्ने गर्थिन् । बाबा इश्वरीलाल र आमा पूर्णकली शर्माकी कान्छी छोरी शित्तलका एक दाजु छन् । उनका अनुसार ‘ म सानो छँदा गाउँमा मेलापात , घाँस–दाउरा गर्दा पनि रेडियो बोकेर जाने र विशेष गरि साथीसँग मनका कुरा सुन्ने गर्थे पछि म पनि यसरी नै रेडियोमा बोल्न पाए हुन्थयो भन्न्ने लाग्यो ’ । सो अनुसार आफ्नो रहर पुरा गर्न प्रवेशिका परिक्षा उत्तिर्ण गरे लगत्तै वि.सं. २०६१ सालमा उनि बुटवल आएको बताउँछीन् । आफ्नो सञ्चारकर्मी बन्ने रहरले एउटी युवती भएपनि एक्लै बागलुङ जिल्लाबाट बुटवल आउँदा उनका संघर्षका दिनहरु शुरु भएका थिए ।

बुटवल आएपछि केहि समय जागिर कै लागि दौडधूप गरेकी शर्माले अन्तत एउटा कार्यालयमा केहि समय रिशेप्शिनिष्टको जागिर गरिन् । पछि उनले बुटवलको तिनाउ एफएममा मार्केटिङ्ग गरिन् । सोहि क्रममा उनको रेडियोमा बोल्ने सपना , रहर र इच्छाले सार्थकता पाएको थियो । तिनाउ एफएममा उनले उनको अनि मेरो कथा मार्मिक गिति कथा कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तत्पश्चात उनले बुटवलको मेचिकाली दैनिकमा पुनः मार्केटिङ को जागिर गरिन् । सानैदेखि रेडियोमा बोल्ने गित गुनगुनाउने रुचि भएकी शित्तल क्रमशः प्रतक्ष्य वा अप्रतक्ष्य सञ्चारक्षेत्रसँग जोडिने क्रममा पछि रेडियो जागरण बुटवलमा आबद्ध भइन् । उनले जागरणमा बजार हेर्नुका साथै विज्ञापनमा आवाज दिने गर्थिन् । उनको सञ्चार मोह र यात्रा रेडियो जागरण र मार्केटिङमा पनि अडिएन । उनि वि.सं.२०६५ सालमा बुटवलको बुद्ध सामुदायिक टेलिभिजनमा प्रवेश गरिन् ।

संस्थापक सदस्यका रुपमा पहिलोटपक उक्त टेलिभिजनमा आबद्ध हुने उनि तत्कालिन एकमात्र महिला सदस्य हुन् । उनले लोक सुशेली कार्यक्रमबाट टेलिभिजनकर्मीको यात्रा शुरु गरेकी हुन् । सञ्चार मोह र यात्राको क्रममा औपचारिक अध्ययनलाई थाँती राखेकी शित्तलले सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा प्लस टू अध्ययन गर्दा गर्दै अर्को रुचि पूरा गर्न मायादेबी टेक्निकल कलेज बुटवलबाट हेल्थ अशिष्टेन्ट अध्ययन गरि हाल लुम्बिनी अञ्चल अस्पताल बुटवलमा स्वयम्सेवकको रुपमा कार्यरत छिन् ।

मानिसका धेरै रुचिहरु हुने गर्छन कसैका केहि पूरा भएका हुन्छन् । कसैका सबै अधुरा हुन्छन् तर शित्तलका धेरै रुचिहरु पुरा हुँदै आएका छन् । यसै क्रममा उनले पछिल्लो समयमा कलाकारिता क्षेत्रमा लागि आप्mनो रुचि पुरा गरेकी छन् । धैर्यता र निरन्तरता भयो भने अवश्य सफल भइन्छ भन्ने विश्वास राख्ने शित्तलले बुटवलमा सम्पन्न ते¥हौ ओधोगिक ,कृषि तथा व्यापार मेला ,पाल्पा ,कपिलबस्तु , देवदह ,सुदुर पश्चिमको कैलाली ,लगाएत विभिन्न स्थानका मेलाहरुमा कार्यक्रमा प्रस्तोताको रुपमा सहभागिता जनाई सकेकीछन् ।

अगामी दिनमा विस्तारै राष्ट्रिय स्तरका कार्यक्रमहरु सञ्चालन गर्दै अघि बढ्ने योजना बनाएकी शित्तलले कला क्षेत्रलाई पनि निरन्तरता दिने बताइन् । उनले योगराज पोख्रेल,राजेन्द्र पोख्रेल र जमुना रानाको स्वर रहेको सम्झना भो अक्षेतामा दही …बोलको गीतबाट अभिनय शुरु गरेकि थिइन् भने देबी घर्ति र राजेन्द्र कंडेलको स्वरमा म त सधैं तिम्रो भलो चाहान्छु …बोलको गीतमा पनि अभिनय गरेकी छन् । त्यस्तै उनले आफ्नै गायनमा रहेको नर्स कि कमर्स.. बोलको गितमा समेत अभिनय गरेकी छन् ।

यसरी बाग्लुङदेखि बुटवल र मार्केटिङ देखि अभिनयसम्मको उनको यात्रामा धेरै संघर्ष गर्न परेको अनुभूति सुनाउँदै उनले भनिन् ‘ एक्लै यात्रा शुरु गरेकि थिएँ रुचि पनि धेरै थिएँ तर धेरै संघर्ष गरे उतारचढाव सहेँ अझै धेरै गर्न बाँकी छ जुन–जुन क्षेत्रमा पाइला चालेकि छु सबै क्षेत्रलाई निरन्तरता दिने अठोट राखेकी छु ।’ सञ्चार ,स्वास्थ्य र कलाकारितामा लागि संघर्षरत शित्तलले धेरै व्यवहारिक शिक्षाको अनुभव गरेको बताउँदै उनि भन्छिन् ‘पढेर मात्र नभई परेर पनि धेरै कुरा जाँनिदो रहेछ , मैले रेडियो सुनेर ,टिभि हेरेर ,अग्रजहरुसँग सोधेर र धेरै आँफै प्रयास गरेर यहाँसम्म आएकी छु अनुभव र सिकाइलाई आधार मानेर अघि बढ्नेछु । ’

उनले सञ्चार क्षेत्रमा चर्चित तथा यस क्षेत्रका अग्रज सञ्चारकर्मी चिरन बराल , स्टेज उद्घोषणमा कुशल,अनुभवी एवम् चर्चीत उद्घोषक गोपाल अधिकारी र अभिनयमा यस क्षेत्रका चर्चित निर्देशक विष्णु भट्राईको सहयोगले प्रेरणा मिलेको बताउँछिन् ।
sittal

teriya sajha with suhsil

sittal 4

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।