Main Menu
  |   Wednesday, February 21, 2018
नेपाल आइडलमा सुजाता ५ नं. प्रदेशकी एक मात्र प्रतिस्पर्धी
नेपाल आइडलमा  सुजाता ५ नं. प्रदेशकी एक मात्र प्रतिस्पर्धी

बुटवल । अन्तर्राष्ट्रिय फ्रेन्चाइजी प्राप्त नेपालकै ठूलो गायन प्रतियोगिता ‘नेपाल आइडल’ मा प्रदेश नंं ५ की एक मात्र प्रतिस्पर्धी रुपन्देही तिलोत्तमाकी सुजाता पाण्डेलाई विजयी बनाउन सबैले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले अपील गरेका छन् । ‘सुजातालाई नेपाल आइडल बनाऔं अभियान’ ले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सहभागीहरुले दर्शकबाट धेरै भोट पाउने प्रतियोगीले नै उपाधि जित्ने भएकाले सुजातालाई जिताउन सबैले सक्दो योगदान गर्नुपर्ने अपील गरेका हुन् ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले सुजाता नेपाल आइडलको उत्कृष्ट ५ जनामा पुग्नु रुपन्देहीको मात्र नभई प्रदेश नंं ५ कै गौरव भएकाले अब उपाधि जिताउने गरी लाग्न सबैसंग अपील गरे । ‘पहिलो नेपाल आइडलको उपाधि प्रदेश नंं ५ मा ल्याउन पाउने अवसर हामीमाझ आएको छ, त्यसका लागि सबैको सहयोग र एसएमएस भोटको खांचो छ’ – अध्यक्ष सिंहले भने –‘हामीले व्यक्तिगत र संस्थागत सबै हिसाबले सहयोग गर्छौं, यो हामी सबैको दायित्व पनि हो ।’

कार्यक्रममा बोल्दै संगीतकार सुरेश सेन्चुरीले रुपन्देहीबाट यसअघि टेरिया फौजामगर, आकांक्षा बस्याल, लक्की दीपक, सोनु घिमिरे, संगीत पौडेल लगायतले दर्शक भोटका आधारमा राष्ट्रिय स्तरका प्रतियोगिताहरु जितेको इतिहास रहेको भन्दै यसपटक नेपाल आइडलले रुपन्देही र प्रदेश नंं ५ वासीलाई झन् ठूलो इतिहास रच्ने अवसर दिएको बताए ।

सुजातामा अरुको भन्दा फरक र सुरिलो स्वर भएको र पछिल्लो समय उनको प्रस्तुतिमा झनै निखारता आइरहेकाले स्वदेश तथा विदेशबाट उनलाई भोट दिने संख्या बढ्दै गएको उनले बताए ।

राममणि क्याम्पस संचालक समितिका सदस्य यज्ञ गैरेले दर्शकको भोट नै निर्णायक हुने प्रतियोगिताको नियम भएकाले रुपन्देही र ५ नंं प्रदेशको पहिचान उचो बनाउन सुजातालाई जिताउनुपर्ने धारणा राखे ।

गायक विष्णु बराल, सञ्चारकर्मी खेमराज रेग्मी लगायतले जात, धर्म नहेरी आफ्नो क्षेत्रको प्रतिनिधिलाई जिताउन सबै क्षेत्र एकजुट भएर लाग्नुपर्ने अनुरोध गरे । एपीवान टेलिभिजनबाट बिहीबार राति पौने ९ बजेदेखि नेपाल आइडलको प्रतिस्पर्धा प्रशारण हुन्छ । आज बिहीबार सुजातासहित उत्कृष्ट ५ जनाको प्रतिस्पर्धा हुंदैछ । प्रतिस्पर्धामा प्रदेश नंं ५ को प्रतिनिधित्व गर्ने सुजाता एक मात्र प्रतियोगी हुन् । एसएमएस भोट आफूलाई मन परेको प्रतिस्पर्धीको प्रस्तुति हेरिसकेपछि मात्रै गर्नुपर्ने नियम छ । प्रस्तुति शुरु नहुंदै गरेको भोट गणना हुंदैन ।

एसएमएस भोट भोलि (शुक्रबार) मध्यान्ह १२ बजेसम्मम गर्न सकिने प्रतियोगिताको नियम छ । उत्कृष्ट ५ जना प्रतिस्पर्धीहरुमा एक मात्र महिला सुजाता संगै पोखराका बुद्ध लामा, चितवनका सागर आले, बिराटनगरका निशान भट्टराई र काठमाडौंका प्रताप दास रहेका छन् । दर्शकबाट सबैभन्दा कम भोट पाउने एकजना प्रतिस्पर्धी हरेक हप्ता प्रतियोगिताबाट बाहिरिंदै जान्छन् र बढी भोट पाउने सुरक्षित हुंदै अघि बढ्छन् । प्रतियोगिताको विजेताले २० लाख नगद, ३० लाख मूल्य पर्ने महिन्द्रा केयुभी गाडी र करिब १५ लाख रूपैयां बराबरको गीत रेकर्ड तथा म्युजिक भिडियो बनाउने खर्च पाउने छन् । सुजाता राममणि क्याम्पस मणिग्रामकी बीबीएसकी छात्रा हुन् भने बागेश्वरी संगीतालयमा संगीतको जुनियर डिप्लोमा कोर्ष पनि पढ्दैछिन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।