बुटवल— बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् ।
यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् ।