बुटवल-रूपन्देहीमा ५ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको हत्या भएको हो ।
स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ ।
मृतकहरु को को हुन् भन्ने खुलेको छैन। गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीका अनुसार प्रहरी अहिले घटनास्थल जाँदै छ ।
घटनाको पूरा विवरण आउन बाँकी छ ।