बुटवल-सिद्धार्थ राजमार्गअन्तरगत बुटवल-तानसेन सडक खण्डको पाल्पाको तिनाउ गाउँपालिका दोभानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दोभानको प्रहरी चौकीनजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ। सडक नै ढाकिने गरी पहिरो खसेको प्रहरीले जनाएको छ। सो सडकखण्डमा गुड्ने गाडी अलपत्र परेका छन्। पहिरो हटाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ।