काठमाडौं- केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
तथ्यांक अनुसार नेपालमा पुरुषभन्दा महिला बढी रहेका छन्। नेपालमा पुरुषभन्दा महिला ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणामले देखिएको छ। तथ्यांक अनुसार ६ लाख ९ हजार ८ सय ५८ महिलाको संख्या बढी रहेको छ।
नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।