काठमाडौं । निरन्तर परेको वर्षा शनिबार पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यूनचापीय क्षेत्र पनि अवस्थित छ।
हाल देशको प्रदेश १, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली भएको छ । प्रदेश १, मधेस प्रदेश, कर्णाली , सुदूरपश्चिम , बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आइतबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।