बुटवल-इलाका प्रहरी कार्यालय बुटवलले जुवा खेलिरहेका ४ महिला सहित ५ जनालाई पक्राउ गरेको छ।
बुटवल सुख्खानगरको एक घरमा तास खेलिरहेको अवस्थामा ४ महिला र १ पुरूषलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।
महिलाहरुलाई प्रहरीले पक्राउ गरेपछि महिलाका परिवार, आफन्त र छरछिमेकमा हल्लिखल्ली मच्चिएको छ । महिलाहरु समुहमा तास खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको यो पहिलो घटना हो।
पक्राउ परेका उनीहरुबाट ६० हजार नगद सहित ४ बुक तास समेत बरामद गरेको प्रमुख भट्टराईले बताए।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । महिलाहरु मात्र मिलेर तास खेलेको अवस्थामा पक्राउ परेको यो घटना बुटवलमा पहिलो हो।