आधुनिक विकास गतिविधिहरुले प्राकृतिक संसाधनहरुको साथसाथै पर्यावरणलाई पनि नराम्रो किसिमले प्रभावित गरेको छ । घट्दो प्राकृतिक संसाधन एवं बढ्दो पर्यावरण प्रदूषणका कारण दिगो विकासको अवधारणाको जन्म भएको हो । संपोषित विकासलाई निर्वनीय विकास सतत विकास एवं धारणीय विकासका नामले पनि चिनिन्छ । विकासको यस नयाँ धारणाको उद्भव वर्ष १९९२ इ.सं. मा ब्राजिलको राजधानी रियो डि जेनेरियोमा आयेजित पृथ्वी सम्मेलनमा भयो । यस सम्मेलनमा संयुक्त राष्ट्र पर्यावरण एवं विका सम्मेलनका लागि अनेक दस्तावेज तयार गरियो जसले स्पष्ट ग¥यो कि पर्यावरण एवं विकास बीच गहिरो सम्बन्ध छ ।
आधुनिक मानिसको लालची स्वभावले गर्दा प्राकृतिक संसाधनहरु जस्तै जल, खनिज पदार्थ, जीवास्म इन्धनको, वन, माटो आदिको अत्यन्त शोषण भएको छ । परिणामस्वरुप आज जलको समस्या, जीवास्म इन्धनको घटदो भण्डार, माटोको उव्जाउ क्षमताको ह्रास, वैश्वीक तपन, जैविक विविधताको क्षरण आदिले वैश्वीक स्तमा विकराल समस्याको रुप धारण गरिसकेको छ जसबाट छुटकारा पाउनु समयको सबैभन्दा ठूलो आवश्यकता भएको छ र यो संपोषित विकासद्वारा मात्र सम्भव छ ।
संपोषित विकस यास्तो विकास हो जसले वर्तमान पुस्ताको आवश्यकताको पूर्तिका सथसाथै भावी पुस्ताको आवश्यकता पूर्तिको पनि सुनिश्चितता गर्दछ । संपोषित विकास अन्तरगत संसाधनको सिमित उपयोग हुन्छ तथा तीनको संरक्षणमा विशेष ध्यान दिइन्छ जसले आउने पुस्ताहरु पनि लाभान्वीत हुन सकुन । यस बोक विकासको प्रकृया यस प्रकारको हुन्छ कि जसबाट पर्यावरण अव्यवस्थित नहोस र त्यसको संरक्षणलाई प्रोत्साहन मिलोस ।
विश्वभरिमा विभिन्न क्षेत्रहरुमा विकास भइरहेको छ । फलस्वरुप मानिसहरुको जीवनस्तर सुध्रिराखेको छ । तर विकासको यस अन्धो दौडका कारण पर्यावरण तथा प्राकृतिक संसाधन प्रभावित हुँदै छन् । अतः आज यस्तो विकासको आवश्यकता छ जुन पर्यावरण हितैषि हुनुका साथसाथै प्राकृतिक संसाधनहरको संरक्षणमा मद्दतगार सावित हुन सकोस् । संपोषित विकासको लक्ष्य प्राप्तिको लागि निम्नलिखित पाइलाहरु अपनाउनु पर्ने नितान्त आवश्यकता छ ।
संपोषित विकासको अवधारणा अन्तरगत उर्जा श्रोत अथवा गैर उर्जा पारम्परिक उर्जा श्रोत जस्तै सौर्य उर्जा, पवन उर्जा, ज्वारीय उर्जा, भुतापीय उर्जा इत्यादीको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता छ ता कि हामी कोइला एवं तेल जस्ता जीवास्म इन्धनहरुको बचत गर्न सकम । जस्तो कि हामी जान्दछौं कि जिवास्म इन्धनहरुको सिमित भण्डार छन् र यिनको अत्याधिक उपयोगको कारण पार्यवरण प्रदूषणको पनि खतरा दिन का दिन बढ्दो छ। वैश्वीक तपन एवं अम्ल वर्ष जवास्म इन्धनहरुको अत्याधिक उपयोगको नै परिणाम हुन आज विश्वका धेरैजसो विकसित औद्योगिक राष्ट्र अम्ल वार्षाको चपेटामा छन् । नर्वे, स्वीडेन, ब्रिटेन, जापान, क्यानडा, चेकोस्लोवाकिया आदि देश यसको प्रमुख उदाहरण हुन् ।
रसायनिक उर्वरकहरु एवं किटनाशकहरुमा आधारित आधुनिक कृषि प्रणालीले माटो जस्तो प्राकृतिक संसाधनलाई सबैभन्दा बढी प्रभावित गरेको छ । रसायनिक उर्वरकहरुको बढी उपयोगले माटोको संरचना नष्ट हुने गर्दछ । जवकी किटनाशकले माटोको उर्वरा शक्ति बढाउने शुक्ष्मजीवहरुको गतिविधिहरु प्रभावित गर्दछ जसले गर्दा माटोको उब्जाउ क्षमतामा विपरित प्रभाव पर्दछ । संपोशित विकाशको अन्तगरगत माटो संरक्षणका लागि आजभोली जीवांश कृषिमा विशेष जोड दिइनु पर्ने नितान्त आवश्यकता छ । जसले गर्दा रसायनिक मल एवं किटनाशकहरुको प्रयोग पूर्णतः बर्जित हुनेछ । यस प्रकारको कृषि प्रणालीबाट माटो संरक्षणलाई बढावा मिल्छ साथै त्यकसो उर्वरा शक्ति पनि स्थीर हुन्छ । यस बाहेक पर्यावरणको स्वास्थ्य माथि पनि कुनै विपरित प्रभाव पर्दैन ।
भूमिगत जलको अन्धाधुन्ध दोहनको फलस्वरुप वैश्विक स्तमा जलको समस्याले विकराल रुप लिएको छ । यदि वर्तमान परिस्थिति रहीरह्यो भने अर्को विश्वयुद्ध पानीको लागि नै हुनेछ । पानीको बढदो समस्याबाट निपटारा पाउनका लागि वर्षा जल संचयको साथसाथै जलको संरक्षण तथा सिमित उपयोगमा विशेष जोड दिनु पर्ने आवश्यकता छ । यस बाहेक खाली भूमिलाई वनस्पतिहरुले आच्छादित गरिनुपर्ने आवश्यकता छ किनकी वनस्पतिहरुले वर्षा जलको बहावलार्य रोकेर भूमिगत रसाउनलाई प्रोत्साहित गर्दछन् परिणाम स्वरुप भूमिगत जलस्तर स्थीर हुन्छ । यस बाहेक भूमिगत जलस्तरको स्थायितवका लागि चिसो ओसाइलो भूमीहरु सिमसारको पुनरुत्थान एवं संरक्षण आजको समयको सबैभन्दा ठूलो आवश्कता मानिन्छ । सुख्खा एवं अर्धसुख्खा क्षेत्रहरुमा थोपा सिँचाई प्रविधि अपनाएर जलको संरक्षण गर्न सकिन्छ ।
वन अन्यन्त नै महन्वपूर्ण संसाधन मानिन्छ । वनहरुको अन्धाधुन्ध फडानीका कारण जैविक विविधताको मात्र क्षय हुँदैन बरु माटोको क्षय, स्वखलन, बाढी, खडेरी, भूमिगत जलस्तर खस्किने आदि जस्ता तमाम समस्याहरुलाई प्रोत्साहित गर्दछ । वन कार्वनडाइअक्साइडको मुख्य शोषक र जीवनदायीनी ग्यास अक्सिजनको प्रमुख श्रोत मानिन्छ । अतः वन पर्यावरण संरक्षणमा सहायक हुन्छन् । वन विनाशको कारण आज पृथ्वीको तापमान बढी रहेको छ जसबाट वैश्वीक जलवायु परिवर्तनको खतरा बढिराखेको छ । संपोषित विकासको अवधारणा अन्तरगत वन संसाधनको सिमित उपयोगको साथसाथै वृक्षारोपणमा जोड दिनु पर्ने आवश्यकता छ जसले गर्दा वनले ढाकिएको क्षेत्रमा बृद्धि हुन सकोस तथा जलवायुपरिवर्तनको खताहरुबाट बच्न सकियोस ।
आधुनिक विकास गतिविधिहरु जस्तै बाँधहरु, खानीहरु, सडकहरु, उद्योगहरु, पर्यटन विकासका कारण धेरैजसो जीवहरुको प्राकृतिक वासस्थल नष्ट भएका छन् जसका कारण वनस्पतिहरु तथा जन्तुहरुका धेरैजासो प्रजातिहरु आज विलुप्तीको संघारमा पुगेका छन् । यसका अतिरिक्त केहीवनस्पतिहरु एवं वन्यजन्तुहरुका प्रजातिहरुको अत्यधिक दोहनले पनि तिनलाई संकटग्रस्त श्रेणीमा पु¥याएको छ । संपोषित विकासको अवधारणा अन्तरगत आज यी प्रजातीहरुको संरक्षण एवं विस्तारलाई प्रोत्साहित गरिनु पर्ने आवश्यकता छ ताकी पारिस्थिक सन्तुङ बनिरहोस तथा भावी पुस्ताहरु वनस्पतिहरु एवं वन्यजन्तुहरुका विभिन्न प्रजातिहरुबाट लाभान्वीत हुन सकुन ।
बढ्दो पर्यावरण प्रदूषण एवं घटदो संसाधन आज वैश्वीक स्तरमा गम्भीर चिन्ताको विषय भएको छ । अतः यी समस्याहरुबाट मुक्तिका लागि संपोषित विकासलार्य अवलम्बन गर्नु आज समयको सबैभन्दा ठूलो आवश्यकता मानिन्छ ताकि हामी आउँदो पुस्ताका लागि संसाधनहरुका साथसाथै स्वास्थ्य एवं प्रदूषण रहित पर्यावरण पनि प्रदान गर्न सकौं ।
(वरिष्ठ पशु चिकित्सक– सेवा निवृत्त प्रमुख, भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर काठमाडौं)