भोज्य पदार्थहरुमा सम्मिलित औषधीजनित गुणले भरिपूर्ण बहुपयोगी प्याजलाई भान्साको राजा मानिन्छ । यो नेपालमा मात्र होइन वैश्विक स्तरमा प्रसिद्ध छ ।
पोषण विज्ञहरुका अनुसार भारतीय उपमहाद्वीपमा हजारौं वर्षहरुदेखि प्याजलाई भोजन तथा चिकित्सा क्षेत्रमा प्रयोग गरिएको छ । प्राचीनतम संस्कृत ग्रन्थहरुमा प्याज र यसका गुणहरु प्रमुखरुपमा उल्लेख गरिएको पाइन्छ ।
आधुनिक युगमा पनि यसको उपयोग कम भएको छैन र कुनै पनि हाटबजारमा प्याजको भण्डार सँधै गरिएको देखिन्छ । प्याज दुई किसिमका हुन्छन् एउटा रातो प्याज र अर्को सेतो प्याज ।
आयुर्वेदमा सेतो प्याजको औषधिजन्य गुणहरुको धेरै वर्णन गरिएको छ तर यस्तो होइन कि रातो प्याजको गुणहरु कमसल आँकलन गरिएको होस् । बजारका होटल कोस वा घरको भान्सा प्रायजसो रातो प्याज नै भोजनमा प्रयुक्त हुन्छ ।
शाकाहारी होस वा मांसाहारी परिकारहरु हुन् प्याजको आफ्नो उपस्थ्तििले स्वाद बढाउने गर्दछ । त्यसो त आयुर्वेदाचार्यहरुले राती काँचो प्याज नखानु भनेका छन् तर प्रयाजसो दिन होस वा साँझ प्याजको सेवन बन्द हुँदैन । जसले सल्लाहको यथार्थ जान्दछन् उसलेमात्र यसलाई अनुशरण गर्दछन् नत्र भेजनमा प्याजको उपभोग कहिले पनि टुटदैन ।
कसले प्याज खाँदैनन् ?
साधुसन्त, पुजारी र पण्डित ब्राम्हणले प्याज खाँदैनन् । यसको कारण अरु केही होइन बरु प्याजमा तामसिक गुण हुनुलाई मानिएको छ ।
पहिलो त काँचो प्याज कडा गन्धयुक्त हुन्छ । यसबाट यस्ता पवित्र मानिस असुविधा महसुस गर्दछन् अर्को महत्वपूर्ण तथ्य यो छ कि प्याजमा यौन शक्ति बढाउने रसायन अवस्थित हुन्छ ।
यसको अन्य औधधिजन्य घटकहरुसँग उचित मात्रामा सेवन गर्नाले यौन क्षमतामा बृद्धिको लक्षणका कारणले पनि उपरोक्त श्रेणीका मानिसहरु प्याज सेवन गर्नबाट टाढा रहन्छन् ।
प्याजको औषधिजन्य उपयोग
सुप्रसिद्ध पोषण विज्ञहरु, आयुर्वेदाचार्यहरु एव. प्राकृतिक चिकित्सकहरुका अनुसार प्याज मात्र तरकारीको रुपमा वा तरकारीमा हालेर खाने या सलादको रुपमा खानको लागि मात्र होइन बरु प्याज कुनै औषधि भन्दा अलिकति पनि कम छैन ।
यो कैयौं रोगहरुका लागि राामवाण औषधिजन्य सूत्र पनि मानिन्छ । यद्यपि जानकारीको आधारमा नै औषधिको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । यसले लुबाट बचाउँछ, मुटुरोग नियन्त्रित गर्दछ, मधुमेह निवारण गर्नमा प्रभावकाी मानिन्छ, कपाल झर्न रोक्छ, रुघा खोकी निको पार्दछ । वाथमा आराम दिन्छ । पिसाव र पेटजन्य रोगहरुको निवारणमा पनि प्याजको कुनै तुलना छैन ।
विशेषज्ञका अनुसार प्याजमा सल्फरको मात्रा बढी हुने गर्दछ जसले रगतमा भउको कोलेस्ट्रोलको मात्रा कम गराउँछ । साथै यसमा पाइने एन्टी अक्सिडेन्टले तनाव कम गर्दछ । प्याज खानाले टाइप १ र टाइप २ दुवै किसिमका मधुमेहबाट आराम पाइन्छ । प्याजमा भिटामिन सी पनि पाइन्छ ।
पोषण विज्ञ स्वामी अक्षय आत्मानन्दले आफ्नो एउटा पोषण चिकित्सा विज्ञानसँग सम्बन्धी पुस्तकमा प्याजको जुन औषधिजन्य गुणहरुको वर्णन तथा सेवन गर्ने उपाय बताएका छन् त्यसका अनुसार प्याज यसको डाँठ तथा बीउ सबै उपयोगी छन् । प्याजको बीऊ(दाना)लाई कराइल भनिन्छ ।
प्याजको डाँठहरुमा भिटामिन ए प्रचुर मात्रामा उपलब्ध हुन्छ । जसले गर्दा यसले आँखाका रोगहरु तथा रतन्धो निको पार्दछ । प्याजको लड्डु बनाएर खानाले बीर्य बृद्धि हुन्छ तथा शुक्राणुहरु शक्तिशाली हुन्छन् ।
यौनाङ्गको दुर्वलता तथा नपुंसकता पनि हराएर जान्छ । दाँतहरुको किरा नष्ट हुन्छन् तथा पिसाव सम्बन्धी रोगहरुबाट छुटकारा पाइन्छ ।
मुटु सम्बन्धी रोग : सय ग्राम प्याजको रस प्रतिदिन विहान खाली पेटमा सेवन गर्नाले कोलेस्ट्रोलको मात्रा सामान्य हुन्छ ।
रक्त अल्पता : प्याजमा पाइने लौह तत्व प्रत्यक्ष पचेर रक्त बृद्धिमा सहायक हुन्छ । प्याजको ५० ग्राम रसमा कागती र मह मिलाएर पिउनाले थैली सिनिया, जण्डीस आदिमा फाइदा हुन्छ ।
दाँतका रोग : रुसका चिकित्सकहरुका अनुसार काँचो प्याजको रसमा रोगाणुहरु एवं हानीकारक जिवाणुहरुलाई नष्ट गर्ने गुण हुन्छ । दाँत कुहिनु, सासको दुर्गन्ध रोक्नको लागि प्याज खानु उत्तम औषधि मानिन्छ ।
स्वासदम : विहान खाली पेटमा ३० ग्राम प्याजको रस ३० ग्राम मह मिलाएर पिउनाले एक महिनामा नै स्वास दमको कष्टमा आरोग्यता प्राप्त हुन्छ । रुघा, खोकी, इन्फ्लुएन्जा आदिमा पनि यो विधि उपयोगी मानिन्छ ।
कामशक्ति : सेतो प्याज ताछेर मसिनो गरी काट्ने अनि शुद्ध नौनीमा रातो हुनेगरी तार्ने र महसँग मिलाएर प्रत्येक दिन खाली पेटमा सेवन गर्नाले कमजोर मानिसलाई पूर्ण लाभको अनुभूति हुन्छ ।
कामोद्वीपनको मामलामा लसुन पछि प्याजको दोस्रो स्थान छ । यसैगरी हैजा पखाला एवं पेट सम्बन्धी रोगहरुमा पनि प्याजको रस र महको प्रयोग आरोग्य सिद्ध भएको छ । रक्तमासीमा पनि मह र प्याजको रस सेवन गरिन्छ ।
भन्नत यो पनि भनिन्छ कि प्याज कुनै बुटिभन्दा कम छैन । यसलाई खानाले मानिसको उमेर बढ्छ । यसको दुई चम्चा रस शरीरको कुनै अन्तरङ्ग अङ्गमा बनेको पत्थरीलाई बाहिर निकाल्छ ।
प्याजको रसलाई सरस्योको तेलमा मिलाएर दल्नाले वाथको दुखाईमा आराम मिल्छ । यसरी प्याज स्वयं एउटा बैद्य मानिन्छ जुन स्त्री पुरुष दुवैको विरामीमा फाइदाजनक मानिन्छ । सावधानीपूर्वक ठीक मात्रामा प्याजलाई सेवन गर्नका लागि सामान्य मानिसको लागि कुनै बन्देज छैन । यसैले प्याज खानुस रोग भगाउनुस ।