काठमाडौं । नेपाली सुन्दरी अनुष्का श्रेष्ठले यस वर्षको ‘मिस वर्ल्ड’मा दुइटा अवार्ड जितेकी छन्।
शनिबार भएको अन्तिम स्पर्धामा उनले ‘ब्युटी विथ पर्पस’ विधामा अवार्ड जितेकी हुन्।
उनी टप १२ मा परेकी छन्। यसअघि उनले ‘मल्टिमिडिया अवार्ड’ जितेकी थिइन्। गत वर्षकी मिस नेपाल श्रृंखला खतिवडाले पनि यी दुवै अवार्ड जितेकी थिइन्।