काठमाडौँ– लोकरक ब्याण्ड नेपथ्यको चर्चित गीत ‘लाम्पाते सुरती’अब युट्युबमा उपलब्ध भएको छ।
स्थापनाकालमा ‘पप संगीत’बाट सुरुभएको ब्याण्ड नेपथ्यलाई नयाँ पहिचानसहित ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’ मै समेटिएको यो गीतमा पोखरेली सर्जक सरुभक्तका शब्दहरु अटाएका छन्।
‘आज भोली के भयो के भयो
कसले कसले स्वाट्ट यो मन छोयो
खान्न म त लाम्पाते सुरति
लाउँ कि नलाउँ जुग जाने पिरती’
‘नेपथ्यको पाँचवटा सर्वोत्कृष्ठ गीतको सूची तयार पार्नुपरेमा म एकदेखि पाँचसम्मै लाम्पाते सुरतीलाई राख्छु,’ अहिलेका चर्चित लेखक कुमार नगरकोटी भन्छन्, ‘त्यसपछि छैठौँबाट मात्र मेरा निम्ति नेपथ्यका अन्य राम्रा गीतको गणना सुरुहुन्छ।’