शिशुको लागि आमाको दुध अमृत समान हुन्छ । उनीहरुको लागि यो नै सम्पूर्ण पोषण हो । यद्यपि कतिपयले अज्ञानतावस् वा कतिपयले अरु समस्याका कारण शिशुलाई बजारमा उपलब्ध खानेकुरा ख्वाउन थाल्छन् । शिशुलाई ठोस आहार ख्वाउने बेला भएपछि पनि बजारका अतिरिक्त खानेकुुरा खोज्न थालिन्छ । तर, बजारमा उपलब्ध बेबी फूड अर्थात बच्चाको खानेकुरा त्यती स्वस्थ्यवद्र्धक नहुने बताइन्छ ।
विश्व स्वास्थ्य संगठनले बेबी फूड उत्पादनमा पोषक तत्वको मात्रा र त्यसको मार्केटिङ रणनीतिलाई लिएर दुई भिन्न अध्ययन गरेको थियो । विश्व स्वास्थ्य संगठनले नवजात शिशु र बच्चाका लागि उपलब्ध ८ हजार किसिमको आहार र पेय पदार्थको सूची एकत्रित गरेको थियो ।
यस अध्ययनमा पाइयो कि आधा भन्दा बढी उत्पादनमा तीस प्रतिशत चिनीबाट बनेको क्यालोरी रहेको थियो । जबकी यसको लेबलमा बताइएको चिनीको मात्रा अलग थियो । यसमा फ्रुट जुस एवं अन्य स्वीटनिंग एजेन्ट्स पनि मिलाएको पाइयो ।
६ महिनाभन्दा कम उमेरको बच्चाका लागि उपलब्ध तयारी आहार ६० प्रतिशत सुरक्षित पाइयो । जबकी विश्व स्वास्थ्य संगठनको अनुसार ६ महिनासम्मको शिशुलाई केवल आमाको दुध मात्र पिउन दिनुपर्छ । आमाको दुध नै उनको लागि सम्पूर्ण आहार हो ।
बेबी फूडमा चिनी र कृतिम गुलियो प्रयोग गरिएको पाइएको छ । यसले बच्चामा गुलियोको लत लाग्नेछ । साथसाथै उनीहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर पार्नेछ । गुलियो खानेकुराले बच्चाको मोटोपन बढ्नेदेखि दाँतमा समस्या आउने भय रहन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चाका लागि उपलब्ध प्याकेटबन्द खानेकुरामा अरु बढी चिनीको मात्रा पाइन्छ ।
नवजात शिशुको उचित विकासका लागि सही पोषण मिल्नु अत्यान्तै जरुरी छ । यसरी उनीहरुलाई शिशुअवस्थामै राम्ररी पोषण पुगेमा पछि स्वस्थ्य जीवन पाउनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । खानपानसँग सम्बिन्धित स्वस्थ्य बानीले मोटोपन, बढी तौल र डाइट सम्बन्धि गैर संक्रमक रोगबाट बच्न सकिन्छ ।
आमाबुवाले बच्चालाई गुलियो वा मिठाईजन्य खानेकुरा मात्र ख्वाउनु भएन । त्यस्तो खानेकुरा भन्दा अलग अलग स्वादको खानेकुरा ख्वाउनुपर्छ । यसले बच्चामा पनि धेरै किसिमको स्वाद खाने बानी पर्छ । स्वास्थ्यलाई पनि फाइदा गर्छ । गुलियो खानेकुरा संभव भएसम्म प्राकृतिक हुनुपर्छ । जस्तो कि, फलफूल, फलफूलको जुस आदि ।