काठमाडौँ : हरेक महिलाको जीवनमा आउने विशेष र जोखिमपूर्ण गर्भावस्था हो । गर्भावस्थामा आवश्यक्ता अनुसार नियमित गर्भ परीक्षण गराउनु पर्दछ । गर्भ परीक्षण सँगसँगै गर्भको भिडियो(एक्सरे (अल्ट्रासाउन्ड) पनि आवश्यक परे अनुसार गर्नुपर्छ ।
गर्भावस्थामा गरिने एनोमली स्क्यान के हो ?
आमाको गर्भमा भएको बच्चाको अपाङगता परिक्षण गर्ने प्रक्रियालाई एनोमली स्क्यान भनिन्छ । प्रत्येक गर्भवती महिलाले २० हप्तामा यो स्क्यान गर्न एकदमै जरुरी छ । एनोमली स्क्यान (विसंगतिरअपांगला स्क्यान) यो नामले पनि बुझिन्छ ।
यो स्क्यान मान्यता प्राप्त रेडियोलोजिष्टद्वारा गरिन्छ । यस स्क्यानले गर्भमा रहेको बच्चाको विकास अनुगमनको साथसाथै आमाको पाठेघरको अवस्था पनि परीक्षण हुन्छ ।
एनोमली स्क्यानबाट बच्चाको निम्न अपाङगता पत्ता लगाउन सकिन्छ
- क्लेफ्ट लिप : ओठ काटिएको,
- एननकेफाली : मस्तिष्कको प्रमुख भाग नभएको,
- डायफ्रामेटिक हर्निया : असामान्य रुपमा डायफ्राम खुल्ला हुनु,
- ग्यास्ट्रोसिसिस : आन्द्रा बाहिर निस्किनु,
- एक्जोमफ्यालस : बच्चाको आन्द्रा, कलेजो र अरु अंग पेटबाट बाहिर निस्कनु,
- ओपन स्पाइनल बाएफिडा : मेरुदण्ड पूर्ण रुपमा विकास नहुनु,
- बाइलेटरल रेनल अजेनेसिस : एक वा दुबै मृगौला नहुनु,
- लेथल स्केलेटल डिस्प्लेसिया : हड्डी विकासमा असर गर्नु ।
मुटुको असामान्य बनावट र गतिविधि
एडवार्ड सिन्ड्रोम : जीनसँग सम्बन्धित समस्या,
पटउन सिन्ड्रोम : जीनरक्रोमोजोम सँग सम्बन्धित समस्या ।
एनोमली स्क्यानको प्रक्रिया अरु सामान्य अल्ट्रासाउण्ड जस्तै नै हुन्छ तर यसमा अरुमा भन्दा बढि समय (३० मिनिट जति) लाग्छ । स्क्यान सकिएपछि प्राप्त रिपोर्ट अनुसार थप परीक्षण आवश्यक पर्छ कि पर्दैन भन्ने बारे छलफल हुन्छ ।