काठमाडौं । ओपोले नेपालमा ए-सिरिज अन्तर्गतको, एनाइन २०२०लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ । नजिकिँदै गरेको क्रिसमस र न्यू-ईयर लक्षित गर्दै, नयाँ स्मार्टफोन प्रस्तुत गरेको हो ।
सर्वाधिक मितब्ययी ८जीबी मोबाइल फोन
यसै बर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक एनाइन २०२०ले बजारमा सर्वाधिक मितब्ययी मूल्यमा उपलब्ध ८जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको छ ।
सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट ईडिसनमा सार्वजनिक गरेको हो । ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टिटास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्लेटफर्म जडान गरिएको छ ।
साथै, यसमा जीबी र्यामका साथमा १ सय २जीबी सञ्चय क्षमतापनि उपलब्ध गरिएको छ । यसमा रहेको ११एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै, उर्जा खपतमा समेत टेवा पु¥याउँछ ।
क्यामेरा प्रणाली
फोनमा प्रयोगकर्तालाई उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने सोचका साथ एफ/१.८ एपर्चरका सहितको ४८एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफ भ्यू दिने अल्ट्रा वाइड ८-एमपी लेन्सपनि उपलब्ध गरिएको छ । यो उपकरणले फोरके भिडियोपनि सपोर्ट गर्छ । यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको छ । फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्रीले मज्जाले एक दिन भन्दा लामो समय सम्म टिक्छ । लामो समयसम्म गेमिङ तथा चलचित्रको मज्जा लिनेहरुका लागि समेत यो फोन निकै उपयुक्त छ । लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री आरामले ११ घण्टा सम्म टिक्छ ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘अत्याधुनिक स्पेसिफिकेशन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२०ले नेपालमा निकै लोकप्रियता कमाउन सफल रहेको छ । क्रिसमस र न्यू-ईयर नजिकिँदै गर्दा चिसो मनोरम मौसमको मज्जा लिइरहेका हाम्रा उपभोक्तासंग खुशी साट्ने सोचका साथ हामीले एनाइन २०२० अन्तर्गत भ्यानिल मिन्ट एडिसन सार्वजनिक गरेका हौँ।’
मूल्य र उपलब्धता
कम्पनीको नेपालभर रहेका प्रमुख विक्रि केन्द्र मार्फत ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसन सहजै उपलब्ध गरिएको छ । कम्पनीले यसको बजार मूल्य रु. ३३ हजार ५ सय ९० निर्धारण गरेको छ । फोन बजारमा पछिल्लो पटक सार्वजनिक गरिए झैं मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि उपलब्ध रहेको जनाएको छ ।