Lumbini Times https://lumbinitimes.com/ Lumbini Times बझाङमा भूकम्प जानेक्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प https://www.lumbinitimes.com/samacara/19896 19896 2023-10-04 12:21:00 लुम्बिनी टाइम्स बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जानेक्रम जारी रहेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको राससलाई जानकारी दिनुभयो ।
बझाङमा भूकम्प जानेक्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको राससलाई जानकारी दिनुभयो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३ः०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टरस्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।

यस्तै ४ः२८ बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ४ः३१ बजे सुवेडा केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केल, ५ः१९ बजे सेली केन्द्रविन्दु भएर पाँच रेक्टर स्केल र ५ः३८ बजे दामेना केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ ।

यसैगरी गयराति १२ः१६ बजे दामेना केन्द्रविन्दू भएर चार दशमलव एक, १२ः५० बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव तीन र आज बिहान ५ः४३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउनुहुन्छ । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उहाँले भन्नुभयो ।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो । उहाँले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताउनुभयो । 

]]>
कोशी सरकार गठनविरुद्धको मुद्दाको फैसला आज https://www.lumbinitimes.com/samacara/19445 19445 2023-07-27 12:39:00 लुम्बिनी टाइम्स बुधबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दामाथि बहस सकिएको थियो । बुधबार उक्त मुद्दाको सुनुवाइ सकिएकाले इजलासले आज फैसला सुनाउने भएको हो ।
कोशी सरकार गठनविरुद्धको मुद्दाको फैसला आज

काठमाडौं। सर्वोच्च अदालत दायर भएको कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको फैसला आज आउने भएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दर्ता गराउनुभएको उक्त मुद्दाको फैसला बिहीबार आउने भएको हो ।

बुधबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दामाथि बहस सकिएको थियो । बुधबार उक्त मुद्दाको सुनुवाइ सकिएकाले इजलासले आज फैसला सुनाउने भएको हो ।

सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

]]>
लुम्बिनीमा बुद्धजयन्तीको तयारी  https://www.lumbinitimes.com/special/18561 18561 2023-04-23 15:23:00 निरू गौतम 'निरा' यसपटक वैशाख २२ गते परेको २५६७ र्औं बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरेर तयारी थालेको हो । 
लुम्बिनीमा बुद्धजयन्तीको तयारी 

रुपन्देही । बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी शुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई  गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । 

यसपटक वैशाख २२ गते परेको २५६७ र्औं बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरेर तयारी थालेको हो ।  बुद्ध जयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको  संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । 

विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति  र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र बृक्षारोपण उपसमिति गठन गरिएको छ ।

यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देबदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रबृत्ति, खेलकूद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्ध जयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिनुभयो । त्यसैगरी नेपाल स्थित विभिन्न देशका राजदुतलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको छ । 

बुद्ध जयन्तीका लागि रु एक करोड बजेट विनियोजन गरिएको विकास कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो । 
पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार मायादेवी आफनो माइती देबदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो । 

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको  दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो । 

वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पुर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्ध जयन्ती मनाउन थालिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । 

राजकीय बुद्ध बिहार लुम्बिनीका प्रमुख संरक्षक भिक्षु सागर धम्मका अनुसार सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभएको थियो । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो ।

बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । बुद्ध दर्शन अनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्गिक मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित ८ मार्गहरुको इमान्दारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने भिक्षु धम्मको भनाइछ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

वि.संं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । 

बुद्ध जयन्तीका अवसरमा लुम्बिनी सहित विभिन्न जिल्लामा रहेका बौद्ध विहार तथा गुम्बामा बुद्ध पूजा र शोभा यात्राको तयारी गरिएको छ ।

लुम्बिनी र कपिलवस्तुमा बिशेष सरसफाइ

बुद्ध जयन्ती नजिकिदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा बिशेष सरसफाइ गरिरहेका छन् । 

शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्र सहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको शुरुवात गरेको हो ।

ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान शुरु गरिएको हो । 
विकास कोषका योजना प्रमुख तथा  मञ्च, सरसफाइ र बृक्षारोपण उपसमितिका संयोजक सरोज भट्टराईले बुद्ध जयन्तीको अवसरमा विकास कोष भित्रको फोहर संकलन गरेको बताउनुभयो ।“ संकलन त गर्यौ तर कहाँ फाल्ने भन्ने समस्या छ । दिगो समाधानका लागि उपाय पनि खोज्दै छौँ”, उहाँले भन्नुभयो ।

नियमित रुपमा सफाइ गर्दै आएपनि ४ नम्बर गेट र ५ नम्बर गेट नजिकै स्थाीयले फोहर फाल्ने गरेकाले सचेतनाका लागि कोषका पदाधिकारी, कर्मचारी, नेपाली सेना, प्रहरी,र स्थानीय अगुवाहरुको सहभागितामा जनचेतनाका लागि सरसफाइ गरिएको उहाँले बताउनुभयो । 

फोहर व्यवस्थापनको दिगो समाधान नहुँदा स्थानीय केही  होटल व्यवसायी विकास कोषको परिसरलाई नै डम्पिङ साइड बनाएका छन् जसले गर्दा महिलवार क्षेत्रमा प्रदुषण बढेको छ ।

लुम्बिनी विकास कोषको समन्वयमा नेपाली सेनाको शमशेर दल गण गोरुसिंगे कपिलबस्तुुको सहयोगमा एक हप्तासम्म  दरबार दक्षिण तर्फ रहेको झाडी, बुुट्यान सरसफाई गरिने प्रमुुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिनुभयो ।

२५६७ औं बुद्धजयन्तीको अवसर पारेर तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण र पुरातात्विक स्थललाई प्रस्तुुतयोग्य बनाउनका लागि आईतबार एक समरोहका सफाई अभियान शुरु गरिएको हो ।

लुम्बिनीमा बृक्षारोपण गरिने  

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा ५६७ विरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका विरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा  मञ्च, सरसफाइ र बृक्षारोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिनुभयो । विकास कोष परिसरमा आँप, लिचि, अम्बा लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु रोपिने विकास कोषले जनाएको छ । 

]]>
कोरोनाविरुद्धको १५ लाख बुस्टर खोप लगाइँदै https://www.lumbinitimes.com/health/18272 18272 2023-02-23 17:21:00 लुम्बिनी टाइम्स गत सोमबार कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।
कोरोनाविरुद्धको १५ लाख बुस्टर खोप लगाइँदै

काठमाडौं । सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।

गत सोमबार कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य सुरु भएको पनि बताउनुभयो । उहाँले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कोभिड १९ विरुद्धको खोप अहिले प्राप्त भएको छ । १५ लाख खोप आइसकेको छ । अरू थप खोप आउँदैछ । त्यो आज भोलिसम्ममा प्राप्त हुन्छ । त्यो खोप प्राप्त भएपछि हाम्रो भण्डारणमा नभएको अवस्थामा खोप अभियान रोकिएको सन्दर्भमा अब नियमित सुचारु हुन्छ । त्यसमा हामीले खोप लगाउनलाई ५५ वर्ष माथिको उमेर समूहका प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई हामी खोप लगाउनेछौँ ।’’

सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरू उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम सुरु भइसकेको बताउनुभयो । उहाँले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोप केन्द्र गए सहजै खोप लगाउन सक्ने उहाँको भनाइ छ ।

खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरूलाई खोप लगाइदिन उहाँले आग्रह गर्नुभयो । आज (बिहीबार) बाट काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

‘‘पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरू पहिलो टार्गेटमा र दोस्रो मात्रा लगाउन बाँकीहरू पनि प्राथमिकतामा पर्नुहुनेछ । अरू बुस्टर डोज लगाउनेहरूमा भने प्राथमिकताको आधारमा हुनेछ । हामीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुनेगरी समन्वय गरिसकेका छौँ । खोपहरू उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम सुरु भइसकेको छ । आफ्नो परिचय खुल्ने पत्र लिएर खोप केन्द्रमा गए खोप लगाउन पाइनेछ ।,’’ सहायक प्रवक्ता अधिकारीले भन्नुभयो, ‘‘खोप नलगाउनुभएका मानिसहरूले चाँडो खोप लगाइदिन र दोस्रो मात्राको खोप लगाउन बाँकी भएपनि लगाउन पनि आग्रह गर्दछौँ ।

अन्तिम बुस्टर मात्रा दोस्रो बुस्टर लगाइसकेको ३ महिना भइसकेको छ भने पनि लगाइदिनुहोला । रोग प्रतिरोधात्मक क्षमता कम र ज्येष्ठ नागरिकहरूका लागि एक बुस्टरमात्रा लगाइसकेको ६ महिना कटिसकेको भएपनि लगाइदिने गरी प्रबन्ध गरेका छौँ ।’’

सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाविरुद्धको खोप पहिला भएको सङ्क्रमण र अहिले फैलिरहेको सङ्क्रमण दुवैको हिसाबले प्रयोग गर्न मिल्ने बताउनुभयो । उहाँले यो खोप विगतमा जुनसुकै खोप लगाएको भए पनि बुस्टरमात्राका रूपमा लगाउन मिल्ने जानकारी दिनुभयो ।

]]>
सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै https://www.lumbinitimes.com/special/18089 18089 2023-01-31 20:58:00 लुम्बिनी टाइम्स नेकपा (एमाले)का तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्दा चुनावी प्रचारका क्रममा यहाँ सर्पपालनको प्रतिबद्धता जनाउनुभएको थियो ।
सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै

सर्लाही  । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ । सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित यतिबेला उपयोगबिहीन बन्न पुगेको छ ।

नेकपा (एमाले)का तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्दा चुनावी प्रचारका क्रममा यहाँ सर्पपालनको प्रतिबद्धता जनाउनुभएको थियो । लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा सर्पदंशबाट एक बालकको मृत्यु एपछि खनालले सोही समयमा प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

सर्पको टोकाइबाट घाइते बालकले समयमै भ्याक्सिन नपाउँदा मृत्यु भएको थियो । त्यसैले नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्न पहल सुरु गर्नका लागि प्रतिष्ठान स्थापना गरी सर्पपालन सुरु गर्ने घोषणा गरिएको थियो ।

एन्टिस्नेक भेनम उत्पादन आफैँमा महत्वपूर्ण भए पनि आफ्नै नाममा प्रतिष्ठान स्थापना गरेका भन्दै खनालको आलोचना पनि भयो । त्यसपछिका प्रतिष्ठानका काम पनि विवादमा तानिन थालेपछि करिब रू १९ करोड खर्च हुँदा पनि यसले मूर्तरुप लिन सकेको छैन । यति ठूलो रकम खर्च भइसक्दा पनि सर्पपालन कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन ।

विवाद बढ्दै गएपछि गत साउनमा संस्थाको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् बनाइएको परिषद्का अध्यक्ष रेवती पन्तले बताउनुभयो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा प्रतिष्ठानलाई रू ७२ करोड दिने सम्झौता भएको थियो । त्यसपछि सबै रकम नेता खनालले लिए जस्तो गरी प्रचारप्रसार भएको थियो । “यथार्थ के हो भन्ने विषयमा धेरै मानिस प्रवेश नै गरेनन्, राम्रो कामका लागि खोलिएका संस्था भए पनि बदनामी धेरै भयो”, अध्यक्ष पन्तले भन्नुभयो, “अफवाह फैलिएपछि संस्थाको नाम परिवर्तन गर्नुपर्‍यो ।”

व्यक्तिका नाममा संस्था खोलिएपछि सर्वसाधारणको विरोधसँगै गर्न दातृ निकायले पनि नरुचाएको उहाँको भनाइ छ । उहाँका अनुसार अस्पताल निर्माणपछि थाइल्यान्डबाट मेडिकल उपकरण निःशुल्क रूपमा प्राप्त हुने सहमति भएको छ ।

“भारतको सेरम इन्स्टिच्युटले भेनम बनाइदिने समझदारी भएको छ भने सर्पपालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न विभिन्न निकायले प्रतिबद्धता जनाएको उहाँको भनाइ छ । तर संस्था स्थापना भएको आठ वर्ष बितिसक्दा पनि विभिन्न कारणले न्यूनतम संरचना समेत निर्माण हुन सकेको अवस्था छैन ।

हालसम्म सरकारबाट प्राप्त भएको रकम डीपीआर, जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको अध्यक्ष पन्तको भनाइ छ । लालबन्दी नगरपालिका– १ मा रू सात करोड खर्चेर परिषद्ले जग्गा खरिद गरेको छ । नन्देश्वर महादेव सामुदायिक वन क्षेत्र नजिकै खरिद गरिएको करिब १० बिघा जमिन अहिले चरन क्षेत्रमा परिणत भएको छ ।

“कार्यालय र भेनम उत्पादनका लागि चाहिने जग्गा र संरचना बनाउनुपर्ने भएकाले करिब १० बिघा जमिनसहित १० कट्ठा ऐलानी जग्गा लिएका छौँ”, अध्यक्ष पन्तले भन्नुभयो, “जग्गामा कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइए पनि त्यो अपूरो छ  ।”

कुल २२ वटा भवन बनाउने योजना भए पनि चार वटा भवन निर्माण गर्न रू ३४ करोडमा ठेक्का लगाइएको छ तर भवनको जगसमेत खनिएको छैन । शर्मा एन्ड धुलिखेल जेभीले निर्माणको ठेक्का पाएको थियो । “कम्पाउन्ड वाल निर्माण तथा अन्य काममा रू छ करोड खर्च भएको भन्दै भुक्तानीका लागि बिल आएको थियो तर सन्तोषजनक काम नदेखिएपछि हामीले रोकेका छौँ”, उहाँले भन्नुभयो ।

परिषद्ले अस्पताल, प्रयोगशाला, प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ । एन्टिभेनम उत्पादन, परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छ । तर, बजेट अभावले काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

प्रतिष्ठानको गुरुयोजनामा साढे तीन अर्बको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख छ । केपी शर्मा ओली नेतृत्वको सरकारले रु ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा केन्द्रले रू छ करोड बजेट पठाएको थियो । प्रदेश सरकारले उक्त रकममा ६० प्रतिशत थप गरेर पठाइदिनुपर्नेमा हालसम्म प्राप्त भएको छैन । स्थानीय सरकारले समेत वार्षिक रू एक करोड दिने सम्झौता भए पनि लालबन्दी नगरपालिकाले सम्झौता अनुसारको रू पाँच करोड भुक्तानी भएको छैन । परिषद्मा हाल चार जना कर्मचारी छन् । उनीहरुको तलबमा मासिक रू डेढ लाख खर्च हुन्छ । कार्यालयको भाडा मासिक रू ५० हजार छ । नेपालमा सर्पको टोकाइबाट वार्षिक तीन हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

परिषद्का कार्यक्रम संयोजक उमेश बराल भने अब आफूहरु सर्प पाल्नका लागि दुई वटा विकल्पमा जाने बताउनुभयो । भवन निर्माण गरी सर्प उत्पादन गर्ने र जङ्गलबाट सर्प ल्याएर क्वारेन्टिनमा राखी विष निकाल्ने विकल्पबारे योजना बनाइएको उहाँको भनाइ छ ।

“विभिन्न प्रजातिका सर्प ल्याएर यहीँं उत्पादन योजना छ । यसका लागि एक सयभन्दा बढी सर्प आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “उच्च सुरक्षासहितको भवन बनाएर बाहिरकै तापक्रममा राखेर विष निकालन सकिन्छ ।” बाहिरबाट ल्याइएका सर्पलाई केही दिन क्वारेन्टिनमा राखी स्वास्थ्य परीक्षण गरेपश्चात् विष निकालेर पुनः प्राकृतिक अवस्थामा छाड्न सकिने उहाँको भनाइ छ ।

“सर्प पालनका लागि धेरै प्राविधिक काम गर्नुपर्ने भएकाले चुनौती छ”, उहाँले भन्नुभयो, “तर अहिले नै नेपालमै एन्टिभेनम उत्पादन सम्भव छैन । हामीसँग ल्याव पनि छैन ।”

उहाँका अनुसार पहिलो चरणमा विष निकालेर भारतको सेरम इन्स्टिच्युटमा परीक्षण गराइ एएसभी बनाउने योजना छ । त्यसका लागि घोडा पाल्नु पर्दैन । सर्पबाट विष निकालेपछि निश्चित मात्रा घोडालाई दिइन्छ । विष निष्क्रिय पार्ने क्रममा घोडाले एन्टिबडी निकाल्छ र त्यही एन्टिबडी रगतबाट सङ्कलन गरिन्छ । त्यसरी सङ्कलित रगतलाई प्रशोधन गरेर एएसभी बनाइने बरालको भनाइ छ । साथै दोस्रो चरणमा भेन प्रयोगशाला निर्माण गर्ने र घोडापालन गर्न सकिने उहाँको भनाइ छ ।

विज्ञकै परामर्शमा सर्पपाल्नका लागि चाहिने भूगोल र वातावरण सुहाउँदो जग्गा खरिद गर्ने अध्यक्ष पन्तको भनाइ छ । उहाँका अनुसार सर्लाही, झापा, महोत्तरी, चितवन, नवलपरासी, बाँकेलगायतका जिल्ला वातावरणीय हिसाबले सर्पपालन उपयुक्त स्थान मानिन्छन् ।

नेपालमा भेनम उत्पादन गर्ने सवालमा स्पष्ट नीति नभएको उहाँको छ । भारत सरकारले सन् २०१२ देखि एएसभी निर्यातमा रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको विशेष पहलमा नेपाल ल्याउने गरिएको छ ।

“भारतले आन्तरिक माग धान्न सकिरहेको छैन तर नेपाललाई सहयोग भने गर्ने प्रतिबद्धता जनाएको छ”, उहाँले भन्नुभयो, “अहिले प्रविधिमा भारतीय कम्पनीले सहयोग गर्ने र दोस्रो चरणमा कच्चापदार्थ पठाउने समझदारी भएको छ  ।”

भारतमा हैदराबादको भिन्स बायोप्रोडक्ट्स लिमिटेड, महाराष्ट्रको भारत सेरम्स एन्ड भ्याक्सिन्स लिमिटेड, मुम्बईको हाफ्किन इन्स्टिच्युट, पुणेको सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेड, प्रिमियम सेरम एन्ड भ्याक्सिन्स प्राइभेट लिमिटेडलगायत दर्जनभन्दा बढी कम्पनीले एएसभी उत्पादन गर्दै आएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक रूपमा ५० हजारभन्दा बढी भाइल एएसभी आयात हुने गरेको छ । तराईका २३ जिल्लामा वार्षिक सर्पदंशका ३७ हजार छ सय ६१ वटा घटना हुने गरेको युनिभर्सिटी अफ जेनेभा, बीपी प्रतिष्ठान, विश्व स्वास्थ्य सङ्गठनका छ जना चिकित्सकले गरेको एक वर्ष लामो अध्ययनबाट पुष्टि भएको छ ।

ल्यान्सेट जर्नलमा प्रकाशित ‘स्नेकबाइट इपिडिमियोलोजी इन ह्युमन एन्ड डमेस्टिक एनिमल्स एक्रस द तराई रिजन इन नेपाल ःअ मिल्टक्लस्टर रेन्डम सर्भे’ शीर्षकमा प्रकाशित आलेखले हरेक वर्ष सर्पदंशका २६ हजार सात सय ४९ देखि ३७ हजार छ सय ६१ घटना हुने गरेको उल्लेख गरेको छ । ती घटनामा दुई हजार तीन सय ८६ देखि तीन हजार दुई सय २५ जनाको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसअघि नेपालमा बर्सेनि २० हजार वटा सर्पदंशका घटना हुने र तीमध्ये एक हजार जनाको मृत्यु हुने उल्लेख गरेको थियो । तराईका २३ जिल्लाका दुई सय ४९ गाउँका १३ हजार आठ सय ७९ वटा घरमा एक वर्ष लगाएर गरिएको सर्वेक्षणबाट उक्त तथ्य निकालिएको थियो ।

सर्पदंश घटनामध्ये ४८ दशमलव आठ प्रतिशतलाई विषालु सर्पले टोकेको पाइएको थियो । तीमध्ये सात दशमलव आठ प्रतिशत मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ । अनुसन्धानले तराईका हरेक एक लाख मानिसमा दुई सय ५१ जनालाई सर्पले टोक्ने गरेको देखाएको छ । तीमध्ये २२ जनाको मृत्यु हुने गरेको छ ।

सर्पदंशका कारण मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । जसमा ६४ प्रतिशत महिला मात्र छन् । पूर्वी नेपाल र मध्यमाञ्चलमा मृत्युदर बढी पाइएको थियो । यसअघि सन् २००४ मा पूर्वी नेपालमा गरिएको अनुसन्धानले सर्पदंशका कारण ८० प्रतिशत मानिसको अस्पताल पु¥याउनु अघि नै ज्यान जाने गरेको देखाएको थियो । विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गर्छन् । तीमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।

नेपालमा हाल ८४ प्रजातिका सर्प पाइन्छन् । तीमध्ये करिब २१ प्रजाति विषालु छन् । विषालुमध्ये गोमन, करेत, रुसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक (कर्कट नाग) सबैभन्दा धेरै विषालु हुन् ।

]]>
जाडोमा हृदयाघातको उच्च जोखिम https://www.lumbinitimes.com/bichar/17939 17939 2023-01-16 10:48:00 डा ओममूर्ति अनिल अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ ।नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन् ।
जाडोमा हृदयाघातको उच्च जोखिम

नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ । नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन् ।

नेपालले स्वास्थ्य क्षेत्रमा निकै प्रगति गर्न सके पनि नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । उपचार सेवा र चिकित्सकहरू सहरी क्षेत्रमा नै केन्द्रित हुँदा ग्रामीण क्षेत्रका जनता आधारभूत जानकारी र अवसरबाट बञ्चित छन् । बालबालिका र युवाहरूमा बढ्दै गइरहेको अस्वस्थ आहारको सेवन, शारिरीक गतिविधिमा कमी, धुमपान, मदिरापानले भोलिको नेपाललाई अस्वस्थ बनाउने देखिन्छ । निम्न र मध्यम वर्गीय नेपालीहरूका लागि मुटुरोगको उपचार महँगो र असहज भएका कारणले यसको रोकथाम तथा नियन्त्रण नै एकमात्र विकल्प रहेको छ ।

यतिबेला चिसो मौसमका कारण मुटुको समस्या भएका बिरामीको सङ्ख्या धेरै रहेको पाइन्छ । चिसो समयमा अस्पताल वा क्लिनिकहरूमा बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने गर्दछ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोलजस्ता रोगहरूको समयमै उचित उपचार भएमा मुटुरोगको प्रकोपलाई घटाउन सकिने बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताउनुहुन्छ । खासगरी चिसो याममा मुटुरोगबाट कसरी स्वस्थ रहन सकिन्छ भन्ने विषयमा डा अनिलसँग राष्ट्रिय समाचार समिति (रासस)का आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानी संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ । हाल डा अनिल ग्राण्डी इन्टरनेशनल अस्पतालमा मुटुको शल्यक्रियामा संलग्न हुनुहुन्छ भने बसुन्धरामा उहाँको आफ्नै नेशनल कार्डियाटिक सेन्टरमा कार्यरत हुनुहुन्छ ।

चिसो बढेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ । जाडो मौसममा विभिन्न प्रकारका रोगहरू लाग्ने गर्छन् । चिसोले निम्त्याउने स्वास्थ्य समस्याहरूमा मुटुसम्बन्धी समस्या मुख्य रहेको छ । चिसोले रक्तनली र शरीरमा सिधा प्रभाव पार्दछ । चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरूले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्ने हुँदा मुटुभित्रका नलीमा रक्त सञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढ्न जान्छ । गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिम बढी रहने गर्दछ । यस्तो अवस्थामा बिरामी र वृद्धहरूलाई हृदयाघात हुने सम्भावना बढी हुने गर्दछ ।

रक्तचापको नियन्त्रण नगरेमा हृदयाघातको खतरा दुई गुणा बढी हुन्छ । मधुमेहले पनि हृदयाघातको जोखिमलाई दुईदेखि तीन गुना बढाउँछ । लामो समयसम्म मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ । मधुमेहका रोगीमा रक्तचाप र कोलस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयाघातको खतरा झन् बढी हुन्छ । संसारभरि नै हेर्ने हो भने सबैभन्दा बढी मानिसको मृत्यु मुटु र रक्तनलीसम्बन्धी रोगहरूले हुने गर्छ । हृदयाघात र मस्तिष्कघात नै मुटु र रक्तनलीसम्बन्धी प्रमुख रोगहरू हुन् । हृदयाघातपछि सबैभन्दा बढी मानिसको मृत्यु मस्तिस्कघातले हुने गर्दछ ।

गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिममा बढी हुने हुँदा संसारभर नै चिसोको बेला मुटुका रोगीको सङ्ख्या बढ्ने गर्दछ । मुटुको रोगको जटिलता बढ्दा मृत्युको सङ्ख्या पनि बढ्न जाने अनुसन्धानबाट पुष्टि भएको छ । चिसोको समयमा हृदयाघातमात्र होइन, मस्तिष्कघात पनि बढी हुने गर्दछ । चिसोमा रक्तसञ्चार प्रणालीमा बढी समस्या आउने गर्दछ । यसले गर्दा व्यक्तिको उच्च रक्तचाप बढ्ने, रक्त प्रवाहमा गडबडी गर्दछ । जसले गर्दा मुटुमा रक्तसञ्चार कमी हुन्छ । छाती दुख्ने, मुटु ढुकढुक हुने हुन्छ भने कतिपयलाई हृदयाघात पनि हुन्छ । जाडोमा कोलस्ट्रोलको मात्रा पनि बढी हुन्छ ।

जाडो मौसममा चिसोका कारणले हाम्रो शरीरमा विभिन्न रसायन वा हार्मोनहरू बढ्न जान्छ । शरीरमा उत्पन्न हुने हर्मोनहरू हुन् जसले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्छन् । ती हार्मोनहरूले हाम्रो रक्तनलीलाई साँघुरो बनाउँछ । चिसोका कारण मुटुभित्रका नलीमा रक्तसञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिन्छ । यसले गर्दा रगतको नशामा जम्ने हुन्छ । मुटुको रक्तनलीमा भयो भने हृदयाघात हुन्छ भने यदि मस्तिष्कको नलीमा भयो भने मस्तिष्कघात हुन्छ ।

यस्तै वायु प्रदूषण, शारीरिक व्यायाममा कमी, मानसिक दबाब, खानपानमा खराबी र मौसमका कारण पनि ह्दयाघातको खतरा बढ्छ । जो व्यक्तिहरूको मुटु कमजोर हुन्छ, उनीहरूमा रोग लाग्ने सम्भावना बढी हुन्छ । मौसम खराब हुने कारण सबैभन्दा बढी समस्या श्वासप्रश्वासमा पर्छ । यसका साथै, फ्लु र निमोनियाजस्ता रोगहरू हुने सम्भावना जाडो मौसममा धेरै हुन्छ । यसैले जाडो मौसममा हाम्रो शरीर र मुटुलाई शरीरको तापमान सन्तुलनमा राख्न विशेष ध्यान दिनुपर्छ ।

जोखिममा रहने वर्ग

उमेरले ६० नाघेका मानिसहरू मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्दछन् । मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूमा मुटुको अनियमित चाल, उच्च वा न्यून रक्तचाप, बाइपास सर्जरी गरेका वा मुटुको काम गर्ने शैलीमा समस्या भोगेका बिरामीहरूलाई लिन सकिन्छ ।

यस्ता जोखिम वर्गमा रहेका व्यक्तिले विशेष सतर्कता अपनाउनुपर्छ । मुटुको परीक्षण गर्नुपर्छ । चिसोमा हिँड्न भएन, चुरोट मदिरा सेवन गर्नु भएन । कुनै औषधि नियमित सेवन गरिरहेका व्यक्तिले अझ बढी सचेत भई औषधि नछुटाइ खानुपर्छ । जोखिममा रहेका व्यक्तिमा मुटुरोगी, दमका रोगी र अन्य दीर्घरोगी (मिर्गौला, कलेजो र मस्तिष्क)का बिरामी पर्दछन् ।

बच्ने उपाय

मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्वपूर्ण उपाय हो । सबै व्यक्तिले चिसोबाट बच्नु पर्छ । घरभित्र बस्दा र घर बाहिर जाँदा पनि न्यानो कपडा लगाउनुपर्छ । बिहानै अति चिसोमा गरिने हिँडडुल कम गर्ने वा बन्दै गर्नुपर्छ । चिसो समयमा उच्च रक्तचाप, मधुमेह र कोलस्ट्रोललाई राम्रो अवस्थामा राख्नुपर्छ । सामान्यतः साठी वर्ष माथिका व्यक्ति बढी जोखिममा रहेका हुन्छन् । उच्च कोलस्ट्रोलले हृदयाघातको खतरा तीन गुना बढाउँछ । कोलस्ट्रोलको मात्रा रगतमा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै बढी हुन्छ ।

चिसो समयमा प्रायः रक्तचाप, मधुमेह र कोलस्ट्रोलको मात्रा बढ्ने गर्छ । यतिबेला कतिपय बिरामीलाई औषधि परिवर्तन गर्नु हुनसक्छ । त्यसैले त्यस्ता रोगीहरूले समय–समयमा चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी कुनै पनि प्रकारको समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी राख्नुपर्छ ।

स्वस्थ मुटुका लागि खानपानमा समेत विशेष ख्याल गर्नुपर्छ । चिसोको महिना धेरै चिल्लो कुरा खानु हुँदैन । चुरोट सेवन, मदिरा सेवन गर्नु हुँदैन । त्यस्तै बोसोयुक्त खाना बढी खाने गरिन्छ, जुन मुटुका रोगीहरूका लागि राम्रो होइन । विशेषगरी जाडो छल्न भन्दै बढ्ने चुरोट र मदिरापानमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसै–कसैको यही बेला हृदयाघात भइ मृत्यु पनि हुने गर्दछन् । धुमपानले हृदयाघातको खतरा दुईदेखि चार गुणा बढाउँछ ।

जाडोमा व्यायाम पनि कमै गरिन्छ । यसले गर्दा थप जोखिम बढ्न जान्छ । योग, ध्यान, शारीरिक व्यायाम आदिलाई बढाउनुपर्छ । मोटोपन घटाउनुपर्छ । निद्रा पुग्ने गरी सुत्नुपर्छ । स्वास्थ्य व्यक्तिले पनि दैनिक व्यायाम, बिहानको हिँडाइ गर्न छाड्न हुँदैन । काठमाडौँ उपत्यकामा साँझको समय बढी हावा चल्ने हुँदा यस्तो बेला हिँड्नु थप जोखिमपूर्ण हुनेछ ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वास्थ राख्न मद्दत गर्दछ । वनस्पतिहरूबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ । त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनाबबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो ।

]]>
प्युठानको प्यास मेटिएन  https://www.lumbinitimes.com/bichar/17150 17150 2022-10-01 09:32:00 ऋषि आजाद बाग्दुलाको नाम कसरी रहेको हो, त्यसको विषयमा पनि छलफल चलाउनु पर्छ । निश्चय नै बाग्दुला बाघको दूलो भएर नाम रहेको होला ।
प्युठानको प्यास मेटिएन 


हामीलाई प्यूठान जाने निम्तो आयो । साहित्य परिषदका प्यूठानका अध्यक्ष साहित्यकार नवराज आचार्य तथा लुम्बिनी वाङमय प्रतिष्ठान प्युठान शाखाको अध्यक्ष साहित्यकार रामकुमारी कुुँवर अनि साहित्यकार देवेन्द्र रिजालले तारन्तर फोन गरिरहनु भयो । लुम्बिनी वाङमय प्रतिष्ठानका सबै सदस्यहरु र जिल्ला अध्यक्ष लगायत अरुलाई पनि निम्तो थियो । दशैंको मुखमा भएर होला सायद धेरै साथीहरु सूचना पाएर पनि निमन्त्रणा भएको ठाउँमा पुग्न सक्नु भएन । भैरहवातिरबाट साहित्यकार जान चाहनु भएको भएको थियो । तर उचित संयोजन हुन सकेन । 
प्युठानमा ११, १२, १३ गते बृहद साहित्य÷संगीत महोत्सव थियो । महोत्सवको स्लोगान ः 
साहित्य कला संस्कृति र पर्यटनको विकास 
साहित्य परिषद प्युठानको जीवन्त इतिहास,भन्ने थियो ।

आयोजक संस्थामा साहित्य परिषद प्युठान र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठान काडमाण्डौ राखिएको थियो । आर्थिक नैतिक भौतिक सहयोग जिल्ला समन्वय समिति र प्युठान नगरपालिको थियो । 
तीन दिने साहित्य, कला र संस्कृतिको बृहद कार्यक्रम रहेछ । कार्यक्रमको विवरणमा पहिलो दिन प्रसिद्ध धार्मिक स्थलमा स्वर्गद्वारीमा कार्यक्रमको उद्घाटन रचना वाचन, प्रवचन, पुस्तक लोकार्पण र झाँकी प्रदर्शन थियो । दोस्रो दिन पर्यटकीय स्थल बाँधीकोट र ओखरबोटमा रचनावाचन र स्थानीय लाखे नाँच प्रदर्शन थियो । तेस्रो दिन मल्लरानी पर्यटन स्थलको जानकारी र जनता मावि वाग्दुलामा कविता प्रतियोगिता, प्रवचन सम्मान र समापन कार्यक्रम थियो । 

म १२ गते बिहान १० बजे मात्र हिंडें । दशैंको मुखमा आवागमनको चाप ज्यादा छ । घर फर्कनेहरु बस नपाएर कोचाकोच भएर हिंडेका छन् । ट्राफिकहरुलाई नियमन गर्न हम्मेहम्मे छ । म पश्चिम महेन्द्रनगरसम्म जाने गाडीमा चढें । संयोगबस एउटा सिट रहेछ । गाडी चालक सहचालकहरुले दुई घण्टामै लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ्ग पु¥याए । त्यसपछि म प्यूठान बाग्दुला जाने गाडीमा चढें । यात्रा सोंचेजस्तो त्यति असहज भएन । म निरन्तर नवराज आचार्यको सम्पर्कमा थिएं । म ४ बजे वाग्दुला पुगें । दुई दिनको काममा पुग्न नसकेकोमा दुखी थिए । त्यसै बीच अध्यक्षले खलङगा बोलाउनु भयो । खलङ्गा प्यूठानको सदरमुकाम हो । डाँडाभरि तलदेखि माथिसम्म लहरै परेका सुन्दर घरहरु देखिन्छन् । प्राकृतिक सौन्दर्यले परिपूर्ण देखिन्छ । मैले मोवाइलमा केही फोटाहरु कैद गरें । 

खलङ्गाको शिरमा मल्लरानी पर्यटकीय स्थल रहेको छ । म फेरि अर्को जीप चढें । खलङ्गाको जिल्ला सदरमुकामकै सुविधा सम्पन्न अतिथि बस्ने व्यवस्था रहेछ । हामी त्यही बस्यौं । मलाई विशेष ख्याल गर्ने साहित्यकार तथा पत्रकार दामु मर्सीफूल र कविता उपाध्याय साहित्यकार खेमराज शर्माका साथ आईसक्नु भएको रहेछ । म र खेमराज शर्मा सँगै बस्यौं । 

म जाँदा कार्यक्रमको गोलमेच बसाईमा समीक्षा रहेछ । यति लामो कार्यक्रममा झिना मसिना त्रुटि त भइहाल्छन् । सहभागीहरुले सिङ्गो कार्यक्रमको समीक्षा गर्नु भयो । समीक्षामा अवसर नपाउनेहरुले नराम्रो भन्छन् । अवसर पाउनेहरुले राम्रो छ भन्छन् । त्यसैले कार्यक्रममा सकेसम्म हरेकलाई सहभागी बनाउनु पर्छ । तीन तीन दिनसम्म कुलुकभरका दर्जनौं   साहित्यिक अतिथिदेवहरु र स्थानीय साहित्यकारले आफूलाई र आफ्नो प्रतिभालाई राम्रोसँग पोख्ने अवसर पाए । काव्य कलामा पोख्तहरुले आफूलाई स्थानीय स्तरसम्म चिन्ने चिनाउने अवसर पाए । कार्यक्रम भव्य रुपमा सफल भयो । कहिलेकाहिं त अवसर नपाउनेहरुबाट कार्यक्रमको आम उपलब्धिलाई भन्दा गौण कुरालाई उछालेर कुखुरा भुत्ल्याएझै भुत्लाउने पनि गरिन्छ । त्यहाँ त्यस्तो भएन । त्यहाँ सूचना सम्प्रेषण, दिशा दिशानिर्देश, समयको ख्याल नगरेको निष्कर्ष निकालियो । तर आम रुपमा कार्यक्रम असाध्य राम्ररी सफल भएको निष्कर्ष आयो । 

मेरो घर अर्घाखाँचीको मलारानी हो । म १३ गते बिहान मालारानीको सन्देश लिएर मल्लरानीमा पुगेको थिएं । करिव १५ हजार मिटर माथिको पर्यटकीय स्थल मल्लरानी पाटनजस्तो रहेछ । उक्त उच्च समस्थलीमा पुगेर टाढा टाढाका धवलागिरी हिम श्रृङखला, माछापुछ्रे हिमाल, स्वर्गद्वारी, सेंगलेनसम्म हे¥यौं । पश्चिमतिरको झिमरुक फाँट प्यूठानको अन्न भण्डार हो । अहिले शारदी शोभाले प्यूठान दुलहीजस्तै सिंगारिएको छ । दशैंको आगमनसँगै अहिले झिमरुक फाँट पहेंलपुर देखिन्छ । प्यूठान हेर्दा प्यूठान स्वर्गजस्तो देखिन्छ । अहिले प्युठानेहरु घरजम गर्न त्यही फाँटमा झरेका छन् । बजार हर्लक्क बढेको छ । घरहरु बनिरहेका छन् । त्यहाँ अर्घाखाँची गुल्मीमा जस्तो बसाई सराई अलि कम रहेछ । बाटो पक्की छ । विद्युतको सुविधा पुगेको छ । पानी छयालब्याल छ । प्युठानेहरु रसिक र प्रकृतिप्रेमी पनि छन् । खुलेर हाँस्छन् । गीत गायो कि छमछम नाँच्छन् । साहित्यमा साधना गर्छन् । कला संगीतप्रति उस्तै अभिरुचि छ । सुखी र खुसी छन् । 

लुम्बिनी बौद्ध विश्व विद्यालयका अनुसन्धान विभाग प्रमुख प्यूठान जिल्लाको गर्विलो व्यक्तित्व प्रा.डा. गीतु गीरीले हालसम्म त्यस्तो खास केही नभेटिएको बताउनु भयो । मल्लरानीको ऐतिहासिक, साँस्कृतिक र पौराणिक  किंवदन्ती भेटिएको छैन । पुरातात्विक अवशेष पनि देखिदैन । त्यसको खोज अनुसन्धमानमा जुट्नु पर्छ भन्नु भयो । किंवदन्तीको रुपमा झिनो तन्तु भेटियो भने त्यसैको आधारमा घटनालाई अलि अलि कल्पनाको जलप लगाएर मांशपेशी भरेर चित्ताकर्षक किंवदन्ती तयार पारेर त्यहाँ आउने पर्यटकहरुलाई सुनाउनु पर्छ । मल्लरानीको खोज हुनु पर्छ । हामीले सुझाव दियौं । 

मल्लरानीको सन्दर्भमा आफूसँग केही जानकारी नरहेको तर काँत्रेखोलाको सिरम झाँक्री र डल्ले सरायं बारेमा अलिकति खोज अनुसन्धान गरेको कुरा फोनबाट संस्कृतिविद राजेन्द्रकुमार आचार्यले बताउनु भयो । उहाँले पनि श्रोत व्यक्ति गीतु गिरी नै रहेको बताउनु भयो । उच्च समस्थलीबाट पूर्वपश्चिम उत्तर दक्षिण चियाएर हेर्न सजिलो छ । त्यो आफैमा भ्यूटावरजस्तो छ । त्यसमा भ्यूटावरको नयाँ संरचना बनाउन पर्दैन । अहिले मल्लरानी गाउँपालिकाले डिपिआर बनाएको रहेछ । पुरानो जीर्णप्राय मन्दिर छ । त्यहाँ जनमुक्ति सेनाले तयार पारेको बङकर रहेछ । केहीले जनमुक्ति सेनाको नभई नेपाली सेनाको पनि भने । त्यसलाई अलि व्यवस्थित गरेर राख्ने योजना रहेछ । अन्य एन्टिसीको टावर लगायत केही ससाना संरचनाहरु छन् । जिल्ला सदरमुकामबाट त्यहाँ धेरै जाँदा रहेछन् । हामी पनि अध्ययनको सिलसिलामा पुग्यौं । प्रकृति अत्यन्तै सुन्दर छ । 

हामी मरन्ठानमा पुग्यौं । मरन्ठना गीतु गिरीको जन्मथलो हो । उहाँले आफू तल बेसीतिर बसेको बताउनु भयो । त्यहाँ एउटा भूमेश्वरी कोट रहेछ । भूमिश्वरी दुर्गा भवानीको नाम हो । त्यहाँ हातहतियार रहेछन् । विशेषतः कला क्षेत्रका धनी रामहरि थापाको योगदान विषय जानकारी भयो । त्यहाँ भीमबहादुर घर्तीमगर नामक मगर पुजारी रहेछन् । मगर पूजारी हुनु पनि खुसीकै कुरा हो । त्यहाँबाट पूर्व मरेङ्ग भन्ने गाउँ पनि रहेछ । मरेङ मगर भाषाको शब्द हो । मेरो पूर्व गाविसको नाम मरेङ्ग हो । त्यो सुनेर मलाई अरुन खोलालाई बटारेर अरुणखोला बनाएझै शब्दहरु बटार्ने र बिगार्ने कुराको याद आयो । संस्कृतिविद गितु गिरीले इतिहास जस्ताको तस्तै राख्नु पर्छ भने  । यो त्यहाँ मगरबस्ती भएको प्रमाण हो । भूमिश्वरी मन्दिरको अध्यक्ष सूर्यबहादुर थापाले पनि त्यहाँको विषयमा बताए  । त्यसपछि हामी भादेश भुमरीको घरमा पुग्यौं । उनले सबै अतिथिहरुलाई खीर खुवाएर स्वागत गरे  । साथमा प्यूठान लुङका प्राज्ञ प्रतिष्ठानका प्राज्ञ गोपिन्द्र पौडेल पनि थिए । प्यूठानको भाषा, साहित्य, कला, संगीत संस्कृति क्षेत्रको विकासको लागि हुररुक्क हुने उहाँलाई प्यूठानीहरु अत्यन्त आदर गर्दा रहेछन् । यो कार्यक्रममा उनले निकै महत्वपूर्ण श्रोत व्यक्तिको रुपमा काम गरेको देखियो । उनी पनि प्यूठानको शान चम्काउने महत्वपूर्ण व्यक्ति हुन् । 

बाटामा हामीहरु साहित्येत्तर कुराहरु पनि गर्दे हिंड्यौं । देवेन्द्रकुमार रिजाल परिवर्तनले सही बाटो लिन नसकेको भन्दै अलि टाठो संवाद गरे । हाम्रो नेपाली समाज विविधतापूर्ण छ । विविधताहरु बीच सहअस्तित्व, समानता, स्वतन्त्रता कायम गरेर उनीहरुलाई पहिचान र आत्म सम्मान दिएर राष्ट्रिय मूलधारमभा हिंडाउनु पर्छ भन्ने निष्कर्षमा पुगियो । अब एकमा एकता हैन अनेकतामा एकता ल्याउने संघीय लोकतान्त्रिक प्रणालीलाई चुस्त दुरुस्त बनाउनु पर्छ भन्ने कुरा आयो । 

त्यो समयमा, युवराज नयाँघरे, डा.धनप्रसाद सुवेदी, ठाकुर बेल्बासे, कविता उपाध्याय, दामु मर्सिफूल, कृष्णराज अधिकारी, निमबहादुर थापा, भीम रानाभाट, शारदा शर्मा, नारायण मरासिनी, मनु विक, अर्जुनकुमार कक्षपती, हरि पोखरेल, गेहराज थापा, छविलाल कोपिला, रेशम बिसी, वैरागी जेठा, लक्ष्मी रिजाल, विमल पोखरेल, समीर सिंह, विष्णुप्रसाद आचार्य, आविष्कार कला, ध्रुव बस्याल, हेमराज आश्रम, लिला खनाल, विमला खनाल, शान्ता आचार्य, भेषमान गिरी, मोहन गिरी, टोपराम आचार्य, टिकाराम उदासी, भावेश भुमरी, दीपा खत्री, अनिल श्रेष्ठ, मदन खत्री, प्रबल्ला सिन्धुलियालगायतका साहित्यकारहरु थिए । 

त्यो दिन वास्तवमा खानाको सबालमा पनि जातीय विशिष्टता हुन्छ । थारु गाउँमा जाँदा थारुहरुको व्यन्जन घोंगी खाएर, बाहुन गाउँमा बाहुन जातिको खीर खाएर मगर गाउँमा मगर जातिको व्यन्जन बंगुरको मासु खाएर,नेवार गाउँमा राँगाको सुकुटी खाएर एक अर्काले सम्मान गर्नुपर्छ । कसैको खानालाई घृणा गर्नु असहिष्णु बन्ने हो भन्नेसम्मका मिहीन कुरा आए । प्रचण्डको भैसी पूजाको सन्दर्भलाई लिंदा भैंसी पूजा अलौकिक हैन, लौकिक संस्कृति हो । भैसी दूध दिने प्रजाति हो । भैंसीको कृतज्ञतापूर्वक गरिएको पूजा राम्रो हो भनियो । 

कहिले हाँसो त कहिले हल्का गम्भीर हुँदै हामी १२ बजे बाग्दुलामा झ¥यौं । बाग्दुला व्यस्त बजार हो । यातायताका दृष्टिले सुगम भएकोले मानिसहरुको आवगमन बाक्लै हुुन्छ । त्यहाँबाट मच्छी, गौमुखीतिर गइन्छ । त्यो बाटो ओखरबाट तिलकराम पोखरेल मामा र चुँदाराको दिदी विष्णु पोखरेलको घरमा जाँदा हिंडेको छु । बाग्दुलाको नाम कसरी रहेको हो, त्यसको विषयमा पनि छलफल चलाउनु पर्छ । निश्चय नै बाग्दुला बाघको दूलो भएर नाम रहेको होला । त्यहाँ त्यस्तो कुन ठाउँमा छ, त्यस ठाउँमा अलि चौडा र आकर्षक खालको बाघको ओडार (दुलो) र बाघको सुतिरहेको प्रतिमा राख्ने र त्यसको वरिपरि सानो पार्क बनाएर बाउण्डरी गरी पर्यटनयुक्त स्थल बनाउनु पर्छ भन्ने लाग्यो । त्यसले हराउँदै जान लागेको बाघ प्रजातिको इतिहास जोगिन्छ । 

अब प्यूठानको महत्वपूर्ण ऐतहासिक विद्यालय जनता उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम शुरु भयो । जुन विद्यालय २०१४ सालमा बनेको रहेछ । मुक्ति मावि २०११ सालमा बनेको कुरा थाहा लाग्यो । त्यहाँ २०१६ साल पुष १ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा अनावरण गरिएको रहेछ । प्रतिमा अनावरणमा महेन्द्र शाह र विश्वेश्वरप्रसाद कोइराला आएको थाहा लाग्यो । त्यो प्रतिमा कृतिशेष महाकवि देवकोटाको मृत्यपछि नब्बे दिनमै बनेको नेपालको पहिलो रहेछ । त्यो समयमा नेपालमा नेपाली कङग्रेसको शासन थियो । त्यो समयमा प्युठान जिल्लामा नेपाली कङग्रेसबाट अनिरुद्र शर्मा, पुरुषोत्तम शर्मा, अनिरुद्र सुवेदी निर्वाचित थिए । लोकतन्त्रको संस्थागत विकास हुन नदिएर बहुदलीय प्रजातन्त्र नै निमोठ्ने काम भएकोमा प्युठानेहरुमा राजतन्त्रप्रति अनास्था जागेको रहेछ । प्युठानेहरु गणतन्त्रमा विश्वास राख्छन् । यसमा उनीहरुले चुहाएको पसिना र बलिदानको अक्षय कृति स्वर्णाक्षरले लेखिने छ । प्यूठानको माटोमा मोहविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लिलामणि पोखरेललगायतका वाम नेताहरुले मुलुकको स्वतन्त्रताको लागि केही काम गरेका छन् । पछिल्लोपटक डा. गोभिन्द पौडेलको नाम पनि सुनियो । डा.गोविन्द पोखरेललाई उमेदवारी नदिएर दुर्गा पौडेललाई नै उठाउने कुराले त्यहाँको राजनीति अलि तरङ्गित भएको छ । धेरैले त्यसको प्रत्यक्ष फाइदा सूर्य थापालाई जान्छ भन्ने निष्कर्ष निकाल्दै थिए । 

कार्यक्रम सम्पन्न भयो । यहाँ पनि मञ्चमा थोरै राख्ने परम्परा शुरु भएको छ । मञ्चमा प्रा.डा. गितु गिरी र प्राज्ञ गोपिन्द्र पौडेल रहनु भयो । हामी सबै परिसरमा बस्यौं । यसले कार्यक्रमलाई समतलीय बनायो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको भूमिका र जिल्ला समन्वय समितिका अध्यक्ष धर्मबहादुर जिसी, प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीको भूमिका र सहयोग महत्वपूर्ण रह्यो । धर्मबहादुर जिसी त गायक पनि रहेछन् ।

त्यस बीचमा प्यूठानका चर्चित साहित्यकारहरु मदनबहादुर केसी, देवेन्द्र कुमार रिजाल सम्मानित भए । कविता प्रतियोगितामा १६ जनाले नाम दर्ता गराएका थिए । सुशील सुनार, सुनील विश्वकर्मा, युवराज भण्डारी पुरस्कृत भए । निमबहादुर थापाले एकलाखको अक्षय कोष राख्ने घोषण गरे । उता मदनबहादुर केसीले पनि एकलाखको अक्षयकोष राख्ने घोषणा गर्नु भयो । त्यो बीचमा मदन बहादुर केसी, कमल पोखरेल, धनप्रसाद सुवेदी र भक्ति थापा स्मृति प्रतिष्ठानबाट एकएक पुस्तक प्राप्त गरेर धन्य भएको थिएं । 

समय घर्कदै थियो । हामी अत्तियौं । हामी ठीक पाँच बजे त्यहाँबाट मायाको चिनो हात हातमा समाएर भावुक हुँदै प्युठानको माटो निधारमा लगाउँदै निस्कियौं । आहा प्युठान प्युठानबासीले हाम्रो मन जिते । प्यूठानको पहिचान उज्यालो बनाए । तपाईहरुलाई धेरैधेरै धन्यवाद । तपाईहरुको क्रियाशीलता, विवेक र विद्वताबाट हामीले धेरै सिक्नु पर्छ । 

]]>
के हो बुटवल मोडल ? https://www.lumbinitimes.com/bichar/17126 17126 2022-09-26 07:19:00 ऋषि आजाद विहानै उठेर गाउँभरि हल्ला गर्ने कुखुराले एउटा अण्डा दिन्छ तर चूपचाप रहने कछुवाले एकै दिनमा सय अण्डा दिन्छ । हामीले कछुवाको गति हैन, उत्पादन दिने योजना रोज्नु पर्छ । बुटवल मोडलमा त्यस्ता आयोजनाहरुको छनोट भएका छन् जसले गुणात्मक परिणाम दिदैछन् ।
के हो बुटवल मोडल ?

‘बुटवल मोडल’को चर्चा  

विषय प्रवेश 
समृद्धिका मोडलहरु बहुवैकल्पिक हुन्छन् । कुन मोडल वस्तुगत, वैज्ञानिक र गतिशील छ भन्ने कु्राको बहस हुनु जरुरी छ । पछिल्लो समयमा बुटवल मोडल भन्ने कुरा आएको छ । आखिर बुटवल मोडल के हो त? आज हामी विशेषतः युवा अर्थशास्त्री  (युथ इकनोमिष्ट) हरु बीच यही विषयमा बहस थालनी गरौं ।

अवधारणा पत्रको उद्देश्य ः
बुटवल मोडलको आत्मालाई परिमार्जन गरी सैद्धान्तिक खाका तयार गर्नु यस भेलाको उद्देश्य हो । हामी यसै विषयमा केन्द्रित हुनेछौं । 

बुटवल मोडलको परिभाषा
मेरो विचारमा अर्थशास्त्रमा त्यस्ता आधारभूत संरचनात्मक परियोजनाहरु जसले गुणाङकीय प्रभाव (मल्टीपल इफेक्ट) का आधारमा राष्ट्रिय पुँजी निर्माण र रोजगार सिर्जनामा सकारात्मक असर पार्छन्, त्यस्ता परियोजनाहरु निर्माण पुननिर्माण गरी अत्यधिक रोजगार सिर्जना गर्नु बुटवल मोडल हो । 

यसका केही सैद्धान्तिक आधारहरु ः 
समृद्धिका मोडलहरु मध्ये एउटा टप टु बटम मोडल हो भने अर्को बटम टु टप मोडल हुन्छ । अहिले हामीले बहस गर्ने मोडल टप टु बटम मोडल हो । सिङगापुरका लिक्वान यूले यही मोडललई अपनाएर आफ्नो छिमेकी मुलुक इन्डोनेसिया र मलेशियालाई पछि पारेका थिए । उनले विहानै उठेर गाउँभरि हल्ला गर्ने कुखुराले एउटा अण्डा दिन्छ तर चूपचाप रहने कछुवाले एकै दिनमा सय अण्डा दिन्छ भन्दै हामीले कछुवाको गति त हैन, उत्पादन दिने योजना रोज्नु पर्छ भन्थे । विश्वका धेरैजसो मुलुकहरु टप टु मोडलबाट प्रभावित छन् । बुटवल मोडल बुटवलको विशिष्टतामा लागू हुने टप टु मोडल मोडल हो । यसको प्रभाव समतलीय समाज निर्माणमा नै उपयोगी हुनेछ । 

टप टु मोडलको थप स्पटीकरणः
गुणाङकीय प्रभाव (मल्टिपल इफेक्ट) का आधारमा गति दिने ठूला ठूला परियोजनाहरु र त्यसले आफैआफ् खोज्ने सहयोगी संरचनाहरु टप टु बटम मोडल हो । मानौं एयरपोर्टको संरचनानिर्माण र सञ्चालनपछि त्यसले पार्ने गुणात्मक प्रभाव टपटु मोडल हो । टपमा एयरपोर्ट रहन्छ भने त्यसले खोज्ने सहयोगी संरचनाहरु बटम हो । एयरपोर्ट बनेपछि आवागमनको क्रममा आवश्यक पर्ने गाइडहरु, टेक्सी टेम्पोहरु, पाँच तारे होटलदेखि रेष्टुरेन्टसम्मका सेवाहरु, त्यहाँ पुग्ने सडक, पुलहरु, पर्यटकहरु मनोरन्जन गर्ने पार्कहरु, संग्राहलयहरु एयरपोर्टको सपोर्टमा आउन थाल्छन् । टपले निम्त्याएका संरचनाहरुले नै प्रचूर रोजगार दिन्छ । त्यहाँ निजी क्षेत्र प्रेरित भएर आपसेआफ आउँछ । सरकारले सबै पूर्वाधारमा लगानी गर्नुपर्दैन । सरकारले नीति निर्माण गरे पुग्छ । 
अझ हाम्रो मुलुकमा संघीय सरकारले ठूला परियोजना निर्माण गर्ने प्रदेश सरकार र स्थानीय सरकारले ठूला परियोजनाको सपोर्टमा आउने संरचनामा लगानी गर्ने हो भने छिटो विकास हुन्छ । यसबाट मुलुकमा रोजगारका अवसरहरु प्रशस्त प्राप्त हुन्छ ।औद्योगिक क्षेत्रमा पनि त्यसले खोज्ने आयात निर्यातलाई सहज हुने पक्की सडक, विद्युत, खानेपानी प्रदेश तथा स्थानीय सरकारले गर्नुपर्छ । यी सबै प्रत्ययवादी संरचना हुन् । 

सैद्धान्तिक पुष्ट्याइँमा प्रत्ययवादी सिद्धान्त ः
समृद्धिमा टप टु मोडल सिद्धान्तलाई प्रत्ययवादी सिद्धान्तको रुपमा मान्ने गरिन्छ । शब्दमा मूल शब्द उपसर्ग र परसर्ग हुन्छन् । उदाहरणको लागि संरचना शब्दको मूल शब्द रच् हो । रच् मूलधातुमा सं उपसर्ग र अन+आ परसर्ग जोडिन आउँछ । त्यसबाट संरचना शब्द बन्छ । पारिश्रमिक, संवरण, वैज्ञानिक, विधायक, विधेयक, विनियोजन, विभिषिका, आदि शब्दहरु प्रकृति प्रत्यबाट बन्छन् । यसलाई अङग्रेजीमा बेसवर्ड प्रिफेक्स, सफेक्स भनिन्छ । यो आर्थिक मोडलको सैद्धान्तिक खाका स्पष्ट पार्नसजिलो हुन्छ । 
मानौं एयरपोर्ट बेसवर्ड हो । त्यसले पार्ने गुणाङकीय प्रभाव प्रिफेक्स सफेक्स हो । ठूला परियोजनाहरु आफैमा समृद्धि नभई पूर्वाधार मात्र हुन् । पूर्वाधार वेश हो । बेसको प्रभावबाट सरकारको लगानी र निजी क्षेत्रबाट स्वतः स्फूर्त उत्पन्न हुन आउने सेवामूलक संरचनाहरु र क्रियाकलापहरु प्रत्यय हुन् । यो रोजगार सिर्जनाको लागि यो मोडल निकै उपयोगी हुन्छ । कृषि क्षेत्रमाठूलो पैमानमा उत्पादन हुने निजी, राजकीय, सामुदायिक फार्मिङ्ग सिष्टम खोज्छ ।  त्यसले खोज्ने सहयोगी संरचना र रोजगारी सिर्जना प्रत्यय हो । 


बुटवल मोडलका बहुआयामिक योजनाहरु ः
बुटवल मोडल प्रत्ययवादी सिद्धान्तबाट बनेको छ । मुल्ुककै अर्थतन्त्रको सुधारको लागि बुटवल मोडल नमुना मोडल हुन सक्छ । विष्णु पौडेलका स्वप्नशील बुटवलमोडलको खाका बनाउनको लागि हामीले यस गोष्ठीको आयोजना गरेका हौं । वास्तवमा यो निर्वाचन क्षेत्रऔद्योगिक तथा पर्यटकीय सहर हुने लक्ष्यका साथ अघि बढेको छ ।यसले लाखौं जनतालाई यही नै रोजगार तथा स्वरोजगार दिने देखिन्छ । यसलाई नेपालकै समृद्धिको लागि लागू गर्न सकिन्छ । 
निजी क्षेत्रबाट निर्माणधीन वसन्तपुर र नुवाकोटमा बन्ने दुईकेबुलकार परियोजना सैद्धान्तिक रुपमा भन्दा आधार पद हुन् । त्यसको प्रभावमा बन्ने होटल मोटल, पार्क, संग्राहलय, गाइडलगायतका संरचना र क्रियाकलापहरु प्रत्यय बनेर आउँछन् । यही नै प्रत्यवादको उदाहरुण हो । 

त्यसरी नै तिनाउ नदीमा सिङनेचर ब्रिज बनिरहेको छ । उक्त पुलमा विश्वकै पहिलो नमुना पुल बन्ने क्रममा छ । सिङ्नेचर ब्रिजको आसपासमा प्रत्ययको रुपमा जितगढी किल्ला, युद्धसंग्राहलय, फुलबारी आदि संरचनाहरु बनिसकेका छन् । यसको आसपासमा रातीमा पनि रङगी विरङगी विद्युतीय झिलिमिलीले बुटवललाई पर्यटकीय राजधानी बनाउने छ । त्यहाँ आसपासमा लाखौ मानिस पर्यटन गर्न आउनेछन् । 

त्यहाँबाट पश्चिमतिर लाग्ने महेन्द्रराजमार्ग ६ लेनको सडक बन्ने क्रममा छ । यो छ लेनको सडक बनेपछि हामीलाई प्रदेश राजधानी भालुवाङ्ग जान एकघण्टा काफी हुनेछ । उता स्वर्गद्वारी तथा सुपा देउरालीमा पर्यटकको घुइँचो लाग्ने छ । कपिलवस्तु साँस्कृतिक राजधानी भएकोले त्यहाँ पनि पर्यटकहरु जानेछन् । यो पूर्वाधार बेश हो । यसले स्वतस्फूर्त ल्याउने पर्यटकहरु र पर्यटकहरुलाई आवश्यक पर्ने सेवामूलक संरचना र कृयाकलापहरु प्रत्ययवादको सैद्धान्तिक आधार हो । 

तिनाउ नदीमा बन्ने सिङनेचर ब्रिजभन्दा उभोको भागमा ड्याम बाँधेर सिद्धबाबासम्म पानी फर्काएर स्टिमर चलाउने सपना पनि पूरा हुन सक्छ । त्यही स्टिमरबाट सिद्धबाबामा जान, बसन्तपुर पुग्न, रामापिथेकस पार्क हेर्न सुरुङ्गमार्गहुँदै पोखरा, पाल्पा, रेसुङगातिर जान पनि सहयोग पुग्छ ।पश्चिम जितगढी बेल्बासतिर पनि प्याराग्लाइडिङ्ग चल्नेछ । पिस पार्क, वाटर पार्क भैरव पार्क, पाणिनि पार्क,फुलबारी, रामापिथेकस पार्क, लक्ष्मीपार्क हिलपार्क, बुटवलभ्यू पार्कजियोलोजिकल पार्कले पनि धेरै ठूलो फड्को मार्नेछन् । ठूला परियोजनाले निम्त्याउने उपभोक्ता, कारोवार र पर्यटकहरुले ठूलो रोगजगारी सिर्जना गर्छ । त्यसैले लगानी गर्ने परियोजनाहरु प्रत्ययवादी सिद्धान्त अनुसार बहुआयामिक हुनुपर्छ ।  

बेल्बास बेथरी सडक खण्ड लगभग सत्तरी प्रतिशत काम भइसकेको छ । त्यो यति सुन्दर योजना होकि त्यसले बुटवल पश्चिमका मानिसहरुलाई एयरपोर्ट र लुम्बिनीसँग जोड्छ । बीचमा निलो नहर किनारामा ग्रिनरी एरिया, दुबैतिर दुईलेनको सडक,पेटी, नालीले यो बाटाबाट हामीलाई हिंड्न निकै सुगम र सहज हुनेछ । यो सडक किनारामा पनि विभिन्न व्यवसायहरु खुल्नेछन् । मोतीपुर औद्योगिक क्यारीडोरले बुटवललाई औद्योगिक राजधानीको रुपमा चिनाउने छ । यसको गुणाङकीय प्रभाव रोजगारीमै पर्नेछ । यसलाइ गति दिन सक्नुपर्छ । 

तिनाउ दानव करिडोर नदी कटानबाट मानववस्तीलाई जोगाउने योजना हो । दुबै किनारामा बलियो वाल, चेकड्याम, दुबैतिर दुई दुई लेनको सडक फुटपाथले यो योजनालाई निकै उपयोगी मानिएको छ । यो योजना शुरु भईसकेको छ । यसको मल्टिपल इफेक्ट राम्रो पर्नेछ । यसले हजाराँै रोजगार थप्नेछ । आगामी १० वर्षमा १० लाख रोजगारी प्रदान गर्ने गरी बुटवल मोडलको तयारी हुनुपर्छ ।बुटवल नारायणघाट सडक खण्ड बनेपछि त्यसको किनारी भाग बजारीकरण हुनेछ । यसले लाखौ मान्छेलाई रोजगारी र स्वरोजगारीमा तान्छ । ठूला परियोजनाले प्रभाव ठूलो हुन्छ । 

उता अन्तरराष्ट्रिय सभाहलको उद्घाटन भई सकेको छ । प्रदर्शनी केन्द्रको पनि काम पूरा हुन थालेको छ । सभाहलले हाललाई भन्दा पछिलाई प्रभाव पार्न सक्छ । औद्योगिक तथा व्यापारिक प्रदर्शनीकेन्द्र राम्रोसँग चल्नेछ । उता भैरहवाको एयरपोर्ट र सिद्धार्थ हाईवेले पनि बुटवलका अपार सम्भावनालाई सार्थक पर्ने देखिन्छ । यी योजनाहरुको गुणत्मक प्रभाव देखिन थालेको छ । अबको दश वर्षमा बुटवलले मुलुकलाई एउटा राम्रो सन्देश दिने छ । यो नेपालको आश्चर्य लाग्दो सुविधा सम्पन्न सहर बन्नेछ ।
सिद्धार्थ हाइवेले अब पोखरा पुग्न सहज बनाउने छ । पर्यटकहरु बुटवल हेरेर सिधै पोखरातिर लाग्छन् । यी योजनाहरु निकै ठूला भएको हुनाले गुणाङकीय प्रभाव (मल्टीपल इफेक्ट) पार्नेछ । बुटवल मात्र हैन, सिङगो रुपन्देहीरोजगारमय हुनेछ । अबको दश वर्षमा यसले काठमाण्डौको अर्थतन्त्रलाई जित्ने सम्भावना छ । त्यसैले पनि होला रुपन्देहीमा लगानीकर्ताहरुको आकर्षण बढेको छ । अब दश वर्षमा बुटवल मोडलले वैदेशिक रोजगारमा जानेहरुको संख्या घटाउनेछ । 

बुटवल र आसपासमा अबको २० वर्षमा ४० लाख जनसंख्या पुग्ने अनुमान गरिएको छ । त्यसैकारण अहिले देखिनै कालीगण्डकी डाइभर्सनको सम्भाव्यता अध्ययन तथा डिपिआर बनाउने विषयमा केही काम हुँदैछ । यी सबै योजनाहरु निर्माण पूरा भएपछि बुटवलको अर्थतन्त्र निकै चलायमान हुन्छ । दशौंलाखले रोजगार स्वरोजगार पाउनेछन् । यी बाहेक अरु थुप्रै आयोजनाहरु छन् । जसले बुटवललाई सुगम,हराभरा र सुन्दर सहर बनाउँदैछन् । हामीले देख्ने बुटवल शहर विचित्रको हुनेछ । सहरमा सौन्दर्यीकरण गरी भव्य र दिव्य बनाउनु पर्छ । 

अन्त्यमा ः
बुटवल मोडल आर्थिक समृद्धिमा गति ल्याउने निजी क्षेत्रको अन्तः प्रेरणालाई प्रोत्साहन गर्ने प्रभावकारी मोडल हो । यो मोडल निजी सहकारी र राजकीय धारहरुलाई एउटै मूलधारमा ल्याएर तीव्र समृद्धिका जाने मोडल हो । ठूला पूर्वाधार सरकारले बनाउँछ भने त्यसको गुणङकीय प्रभाव (मल्टिपल इफेक्ट)मा प्रत्यय रुपमाआउने निजी क्षेत्र,प्रदेश, स्थानीय तहले निर्माण गरी पूर्णता दिन सघाउनु पर्छ । 

-बुटवलमा आयोजित एक कार्यक्रममा लेखक तथा विश्लेषक ऋषि आजादले प्रस्तुत गर्नुभएको बुटवल मोडल शीर्षकको कार्यपत्र 

]]>
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा तेस्रो दिनको सुनुवाइ शुरु https://www.lumbinitimes.com/politics/8335 8335 2021-06-25 13:02:00 लुम्बिनी टाइम्स सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज तेस्रो दिन पनि सुनुवाइ शुरु भएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा तेस्रो दिनको सुनुवाइ शुरु

काठमाडौँ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज तेस्रो दिन पनि सुनुवाइ शुरु भएको छ ।

रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो । देउवा पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस शुरु गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बुधबारदेखि नियमित जारी छ ।

बिहीबार रिट निवेदक देउवाकै पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेशसिंह यादव, हरिप्रसाद उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए ।

कानून व्यवसायीले बहसका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार गठन गर्दा संविधानविपरीत भएको तर्क राखेका थिए । रिट निवेदक र सरकारी पक्षलाई अदालतले १५÷१५ घण्टाको समय निर्धारण गरेको छ । अब रिट निवेदकतर्फका कानून व्यवसायीलाई बहसका लागि चार घण्टा ४५ मिनेट बाँकी छ । करीब ३०० कानून व्यवसायीले वकालतनामा दर्ता गराएका छन् ।
सर्वोच्च अदालतको आदेशानुसार अदालतका सहयोगी (एमिकस क्युरी) नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक हुन् । सर्वोच्च बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले अदालतको सहयोगका लागि न्याय निरुपणमा सहयोग पुग्ने गरी स्वतन्त्र राय दिनेछन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुई/दुई वरिष्ठ अधिवक्ता उपलब्ध गराउन आदेश दिएको थियो ।     

उक्त विवादमा ३० वटै रिट निवेदन परेका छन् । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन गर्न राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ । रासस

]]>
महामारीको मार: https://www.lumbinitimes.com/others/aajkatasvir/7745 7745 2021-06-11 14:03:00 लुम्बिनी टाइम्स पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा निषेधाज्ञाका कारण हाल सञ्चालन नभएका डुङ्गा । तस्वीरः राधिका कँडेल, रासस
महामारीको मार:

पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा निषेधाज्ञाका कारण हाल सञ्चालन नभएका डुङ्गा । तस्वीरः राधिका कँडेल, रासस
 

]]>
मन्त्रिपरिषद् विस्तार : गृहमा अधिकारी, सञ्चारमा थापा https://www.lumbinitimes.com/politics/7715 7715 2021-06-10 16:52:00 लुम्बिनी टाइम्स राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएकी छन् ।
मन्त्रिपरिषद् विस्तार : गृहमा अधिकारी, सञ्चारमा थापा

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएकी छन् ।

उनले नेकपा (एमाले) र जनता समाजवादी पार्टीका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । नवनियुक्त मन्त्रीहरुको आजै सपथ हुँदैछ । विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका छन्, भने गृह खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपछी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानिया मन्त्रीमा नियुक्त भएका छन् ।
यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ । रासस

]]>
पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने https://www.lumbinitimes.com/nation/7710 7710 2021-06-10 15:57:00 लुम्बिनी टाइम्स नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । 
पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

काठमाडौँ : नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षासमेत हुने जानकारी दिए ।“हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक÷दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ”, पौडेलले थपे, “वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।” उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।

मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ ।

सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाँही केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।

प्राप्त विवरणअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित १२९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ । 

उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ । रासस

]]>
'कोभिड भ्रम र यथार्थ ?' परामर्श बैठक सम्पन्न https://www.lumbinitimes.com/health/7537 7537 2021-06-06 13:59:00 लुम्बिनी टाइम्स राधा माधव समितिअन्तर्गतको डिभाइन युथ क्लब नेपालले शनिबार आयोजना गरेको ‘कोभिड भ्रम र यथार्थ’ विषयक अनलाइन परामर्श कार्यक्रम (भर्चुअल बैठक)मा उक्त क्लबका सदस्यका साथै देशभरका भण्डै ५०० जनाले कोभिडबाट सुरक्षित रहन अपनाउनुपर्ने उपायका साथै रोग लागिसकेपछि गर्नुपर्ने उपचारबारे जानकारी लिएका छन् । 
'कोभिड भ्रम र यथार्थ ?' परामर्श बैठक सम्पन्न

काठमाडौँ : राधा माधव समितिअन्तर्गतको डिभाइन युथ क्लब नेपालले शनिबार आयोजना गरेको ‘कोभिड भ्रम र यथार्थ’ विषयक अनलाइन परामर्श कार्यक्रम (भर्चुअल बैठक)मा उक्त क्लबका सदस्यका साथै देशभरका भण्डै ५०० जनाले कोभिडबाट सुरक्षित रहन अपनाउनुपर्ने उपायका साथै रोग लागिसकेपछि गर्नुपर्ने उपचारबारे जानकारी लिएका छन् ।

बैठकमा त्रिविवि शिक्षण अस्पतालका डा अमित श्रेष्ठले उक्त विषयमा  कार्यपत्र प्रस्तुत गर्दै मानिसको मुख र नाकबाट निस्कने जीवाणु पाँच–छ फिटसम्म टाढा फैलिने भएकाले कम्तीमा पनि दुई मिटर टाढा बस्नुपर्ने, सङ्क्रमितको मुखबाट निस्कने भिजेको जीवाणुलाई मास्कले रोक्नसक्ने भएकाले यसको अनिवार्य प्रयोग गर्नुपर्ने, हातबाट पनि जीवाणु सर्नसक्ने भएकाले नियमित हातको सफाइ गर्नुपर्नेमा जोड दिए ।

 उनले कोरोनाको जीवाणुले आक्रमण गरे पनि प्रतिरोधात्मक क्षमता बलियो  भएका व्यक्तिले पाँच दिनमै निरोध गर्न सक्ने तर प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा छ दिनदेखि अक्सिजनको मात्र कम हुँदै जाने भएकाले थप अक्सिजनको आवश्यकता पर्ने, बजारमा पाइने नक्कली अक्सिमिटरले सही नतिजा नदिने भएकाले यसको भर पर्न नहुने, काउली र बन्दामा पाइने भिटामिनले रगतलाई बाक्लो गराउने भएकाले रोगीले यस्को प्रयोग कम गर्नुपर्ने, कोरोनाको सुईले शरीरमा भएको कोषिकालाई सक्रिय भएर त्यस्ता जीवाणलाई निष्क्रिय बनाउने भएकाले यसको प्रयोग गर्नुपर्ने, कालो ढुसी (ब्ल्याक फङ्गर्स)का जीवाणुले शरीरमा भएको चिनीको मात्रालाई सोस्ने हुँदा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले सजकता अपनाउनुपर्ने, शरिरको तौलअनुसार (एक किलो बराबर १५ मिलिलिटर) पानी पिउन पर्ने जानकारी गराउनाका साथै व्यायाम, ध्यान र भजनमा मन लगाएर शरीरलाई उत्साहित गराउने प्रयत्न गर्नुपर्ने आवश्यकता औँल्याए ।

बैठकमा  कान्ति बाल अस्पतालका डा सुदीपचन्द्र श्रेष्ठ, गण्डकी मेडिकल  कलेजका डा अमिता थापा र धुलिखेल अस्पतालका डा सञ्जय थापाले छलफलमा सहभागीले सोधेका प्रश्नको जवाफ दिएका  क्लबका प्रेस संयोजक मुकुन्द अर्यालले बताए । रासस

]]>
कोभिड महामारी अन्त्यको कामना गर्दै लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन (तस्वीरहरु) https://www.lumbinitimes.com/others/photo/7367 7367 2021-05-26 22:05:00 लुम्बिनी टाइम्स बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५ औँ बुद्ध जयन्तीको अवसरमा कोरोना महामारी अन्त्यको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ। 
कोभिड महामारी अन्त्यको कामना गर्दै लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन (तस्वीरहरु)

बुटवल-बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५ औँ बुद्ध जयन्तीको अवसरमा कोरोना महामारी अन्त्यको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ। 

कोरोना भाइरसको महामारीका कारण बुद्ध जन्मस्थलमा कुनै औपचारिक कार्यक्रम भएनन्। 


कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको सम्झना, बिरामीहरुको स्वास्थ्यलाभ र महामारी अन्त्यको कामना गर्दै २५६५ वटा दीप प्रज्ज्वलन गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए। बिहान सीमित उपस्थितिमा बुद्ध पूजा र मन्त्रोचारण गरिएको थियो।

]]>
महामारीकै बीच यसरी मनाईयो बुद्धपूर्णिमा (तस्वीरहरु) https://www.lumbinitimes.com/others/photo/7359 7359 2021-05-26 10:38:00 लुम्बिनी टाइम्स यसअघिका वर्षहरुमा धुमधामका साथ विशेष समारोहको आयोजना गरी बुद्ध पूर्णिमा मनाइने गरेको भएपनि गतवर्ष र यसवर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम आयोजना भएनन्।
महामारीकै बीच यसरी मनाईयो बुद्धपूर्णिमा (तस्वीरहरु)

बुटवल-कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ। लकडाउनका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु/गुरुमा, भिक्षु/भिक्षुणी र लामाहरु उपस्थित भएर बुद्धपूजा र मन्त्रोचारण गरे। 

त्यसबाहेक कार्यक्रमस्थलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य फखरुद्दिन खान, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीमात्रै सहभागी थिए। 

यसअघिका वर्षहरुमा धुमधामका साथ विशेष समारोहको आयोजना गरी बुद्ध पूर्णिमा मनाइने गरेको भएपनि गतवर्ष र यसवर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम आयोजना भएनन्।

महामारीकै कारण कुनैपनि औपचारिक कार्यक्रम आयोजना नगरेको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए।

उनका अनुसार बेलुका कोरोना महामारी अन्त्य, संक्रमितहरुको स्वास्थ्यलाभ र मृतकहरुको सम्झनामा २५६५ वटा दीप प्रज्ज्वलन गरिनेछ। 

 

]]>
सुनसान छ बुद्ध जन्मस्थल लुम्बिनी (तस्वीरहरु) https://www.lumbinitimes.com/others/photo/7358 7358 2021-05-26 10:25:00 लुम्बिनी टाइम्स बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ। कोरोना भाइरस महामारीको दोश्रो लहरसँगै संक्रमण फैलिएपछि लुम्बिनी घुमघामका लागि बन्द छ। सरकारले निर्देश गरेका मापदण्डअनुसार अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द छन्।
सुनसान छ बुद्ध जन्मस्थल लुम्बिनी (तस्वीरहरु)

लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ। कोरोना भाइरस महामारीको दोश्रो लहरसँगै संक्रमण फैलिएपछि लुम्बिनी घुमघामका लागि बन्द छ। सरकारले निर्देश गरेका मापदण्डअनुसार अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द छन्।

जसको असर महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनीमा परेको छ। महामारीको पहिलो लहर सकिएपछि पर्यटक आगमनमा केही वृद्धि हुनैलाग्दा दोश्रो लहर फैलिन थालेपछि पर्यटक आगमन ठप्प भयो।

जसका कारण लुम्बिनी सुनसान छ। सुनसान बनेको लुम्बिनीका केही तस्वीरहरु ।

सबै तस्वीरहरु : थाइ मोनाष्ट्री

 

]]>
पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक https://www.lumbinitimes.com/others/world/6849 6849 2021-04-25 12:47:00 लुम्बिनी टाइम्स भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ  । 
पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक

दार्चुला : भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ  । 
पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ । सोही निर्देशिका अनुसार धार्चुला तहशिलले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आवतजावत गर्ने व्यक्तिकोे कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरिइएको हो  । 

भारतमा कोरोना दर उच्च रहेका कारण उसले सीमा प्रवेशमा कडाइ गरेको छ । दार्चुलामा पिसिआर परीक्षण गर्ने उपकरण छैन । यस्तो अवस्थामा दैनिक उपभोग्यका लागि भारतीय बजार धार्चुला पुग्ने नेपाली भने आइतबारदेखि मार्कामा परेका छन् ।

कोरोना सङ्क्रमणको दर उच्च भइरहेका बेला भारतले धार्चुला बजारमा मास्कमा यसअघि नै कडाइ गरेको थियो । मास्कविना यसअघि पनि भारतले प्रवेश दिएको थिएन । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेदेखि बजार तथा यातायात बन्द गराएको छ । धार्चुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरियन्ट भेट्टिएपछि दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको हो ।

 भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन । भारतले धार्चुलामा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए  । उनले भने, “हामी पनि आज बैठक बसेर सुरक्षामापदण्डबारे छलफल गर्छौं ।”

मास्क नलगाएरै हिँडे १०० रुपैयाँ जरिवाना

 के अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कँदै हुनुहुन्छ ? सावधानी अपनाउनुहोस् । आफ्नो पकेटमा मास्क छ कि छैन भनेर चेक गर्नुहोस् । मास्क छैन भने १० रुपैयाँमा पाइन्छ । मास्क लगाइहाल्नुहोस् । खुला बजारमा पुग्यो भने मास्क नलगाएको भन्दै प्रहरीले १० रुपैयाँ पर्ने ठाउँमा १०० रुपैयाँ जरिवाना उठाउन थालेको छ ।

 जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्तिलाई १०० रुपैयाँ जरिवाना उठाउने अधिकार पाएको छ । सङ्क्रमण रोग ऐन २०२० अनुसार प्रहरीले जरिवाना उठाउने अधिकार स्थानीय प्रशासनले प्रहरीलाई दिएको छ ।

छिमेकी देश भारतमा कोरोनाको सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासनले दार्चुलामा पनि स्वास्थ्य मापदण्डलाई कडाइ बनाउने निर्णय गरेको हो । मास्क नलगाई घर बाहिर हिँड्नेलाई कारवाही गर्ने भएको छ । छिमेकी देश भारतमा कोभिड–१९ सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिँड्नेलाई कारवाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

 जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको गत बुधबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा सङ्क्रामक रोग ऐनबमोजिम कारवाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रशासनले कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भीडभाड नगर्न भनेको छ । सीमानाकाबाट आउने यात्रुको आवतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्यरुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पनि आग्रह गरेको छ ।

 यस्तै बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न कार्यालय र पसल जस्ता सार्वजनिकस्थलमा सेनिटाइजर वा हात धुने व्यवस्था र मास्कको प्रयोग अनिवार्य गर्न भनेको छ ।  यस्तै जिल्लास्थित सम्पूर्ण अन्तर्राष्ट्रिय सीमानाकाबाट नेपाल प्रवेश व्यक्तिको अनिवार्यरुपमा एन्टिजेन गर्ने र सोको व्यवस्थापन गर्ने सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी खटाउने तथा मास्क नलगाइ आउनेलाई प्रवेश निषेध गर्ने वा जरिवाना गरी मास्क उपलब्ध गराउने जस्ता निर्णय भएको छ ।

बैठकले जिल्लाभित्र पनि नमूनाका रुपमा एन्टिजेन टेष्ट शुरु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुमति दिने, कोभिड– १९ को रोकथाम नियन्त्रण उपचारका सम्बन्धमा सम्पूर्ण स्थानीय तहको अनुगमन गर्ने जनाएको छ । रासस
 

]]>
धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो : मुख्यमन्त्री पौडेल https://www.lumbinitimes.com/nation/6803 6803 2021-04-23 15:25:00 लुम्बिनी टाइम्स वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताएका छन् । 
धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो : मुख्यमन्त्री पौडेल

वाग्मती : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताएका छन् । 

भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको उल्लेख गरे । “ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर ठडिए र ठडियो हाम्रो धरहरा १ यो केवल धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो । 

“बन्दै गरेका बाटा, पुल, सुरुङ, अस्पताल, विमानस्थल, कलकारखाना तथा कृषि उद्यम हेर्दा लाग्छ साँच्चै नै हाम्रो पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान लक्ष्यतर्फ अगाडि बढेको छ”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ । रासस

]]>
भारतमा कोरोना संक्रमण झनै तीब्र : सङ्क्रमित र मृत्युको शुक्रबार नयाँ रेकर्ड https://www.lumbinitimes.com/others/world/6793 6793 2021-04-23 14:10:00 लुम्बिनी टाइम्स भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ । 
भारतमा कोरोना संक्रमण झनै तीब्र : सङ्क्रमित र मृत्युको शुक्रबार नयाँ रेकर्ड

सिन्ह्वा : भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ । 

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा यहाँ गएको २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका सङ्क्रमित भेटिएका छन् । यो संख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या भएको बताइएको छ । 

त्यसैगरी यहाँ गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ । यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो ।
यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८६ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । 

भारतमा यसअघि तीन लाखभन्दा केही बढी संक्रमित एकैदिन भेटिएका थिए । तर बिहीबार भने ३ लाख ३२ हजार भन्दा बढी नागरिक यसका संक्रमित भेटिएका हुन् ।     कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए । 
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।  

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।   

भारतमा  बिहीबार मात्रै १७ लाख ४० हजार ५५० जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २२ सम्म कूल २७ करोड ४४ लाख ४५ हजार भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ । 

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । रासस

]]>
केपी ओलीको विकल्पमा बामपन्थीकाे नयाँ सरकार बन्नुपर्छ : राष्ट्रिय जनमोर्चा  https://www.lumbinitimes.com/politics/6441 6441 2021-04-09 17:39:00 लुम्बिनी टाइम्स राष्ट्रिय जनमोर्चाले बामपन्थीहरु मिलेर नयाँ सरकार निर्माण गर्न आग्रह गरेको छ। टुट फुट भएका कम्युनिष्टहरु फेरी मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले केपी ओलीले राजीनामा दिनुपर्ने उसको प्रतिक्रिया छ । 
केपी ओलीको विकल्पमा बामपन्थीकाे नयाँ सरकार बन्नुपर्छ : राष्ट्रिय जनमोर्चा 

बुटवल : राष्ट्रिय जनमोर्चाले बामपन्थीहरु मिलेर नयाँ सरकार निर्माण गर्न आग्रह गरेको छ। टुट फुट भएका कम्युनिष्टहरु फेरी मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले केपी ओलीले राजीनामा दिनुपर्ने उसको प्रतिक्रिया छ । 

चैत्र २४ गतेदेखी २६ गतेसम्म बुटवलमा भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनमोर्चाले केपी ओली सरकारले बाटो खाली गर्नुपर्ने र  बामपन्थी दलहरु मिलेर नयाँ सरकार बन्नुपर्ने धारणा राखेको हो । 

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केशीले अहिलेको राजनीतिक अन्योल र अस्थिरताको जड केपी ओली नै भएको बताए । विघटित प्रतिनिधि सभा पुनस्थापना भएपछि राजीनामा दिनुको सट्टा ओलीले सरकारको आयो लम्बाउने र देशलाई फेरी मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा लागेको उनले आरोप लगाए । राजनीतिक अस्थीरता र अन्योलमा प्रतिगामी र विदेशी शक्तीहरु खेल्ने मौका पाएकाले प्रधानमन्त्री ओलीले चाँडो निकास दिनुपर्ने केशीको भनाइ छ। 

राष्ट्रिय जनमोर्चाले  देशलाई प्रतिगामी दिशामा जान नदिको लागि गणतन्त्रको रक्षा गर्नु आफ्नो मुल कार्यनीति भएको जनाएको छ। मुलुकमा उच्च स्तरको जनवादी राजनीतिक व्यवस्थाको आवश्यकता भएपनि तत्काल यसलाई कार्यनीति बनाएर अघि बढ्न नसक्ने भएकाले गणतन्त्र रक्षालाई जोड दिइएको राष्ट्रिय जनमोर्चाको निर्णयमा उल्लेख छ। ‘जनताको आधारभूत समस्याहरु समाधानको लागि उच्च स्तरको जनवादी राजनीतिक व्यवस्थाको अवश्यकता पर्दछ।’

सम्मेलनको निर्णयमा भनिएको छ ‘तत्कालका लागि जनवादी व्यवस्थालाई कार्यनीति बनाएर अघि बढ्न सक्ने स्थिती छैन। देशलाई प्रतिगामी दिशामा जान नदिनको लागि गणतन्त्रको रक्षा अहिलेको हाम्रो मूल कार्यनीति सम्मेलनले पारित गरेको छ।’

गणतन्त्रबादी शासकहरुका गलत नीतिका अहिलेको व्यवस्थाप्रति तीब्र असन्तोष बढेर गएको पत्रकार सम्मेलनमा केशीले बताए । उनले व्यवस्था विरोधी गतिविधिले गणतन्त्रमाथि नै खतरा भएकाले सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । 
संघियताले मुलुकलाई बोझ थपेको भन्दै राष्ट्रिय सम्मेलनले संघियता खारेजीको लागी जोड दिएको जनमोर्चाले जनाएको छ। 

चौथो राष्ट्रिय सम्मेलनले पुन चित्रबहादुर केशी अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा, दुर्गा पौडेल, महासचिवमा मनोज भट्ट, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन्। 

]]>