काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै १६ खर्बको बजेट ल्याएको छ । केपी शर्मा औल नेतृत्वको पूर्ववर्ती सरकारले बजेट अध्यादेशबाट ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।
आज प्रतिनिधि सभामा सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् । मन्त्री शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।