काठमाडौं-०७८ को जनगणनामा सहरी जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या छ ३३.९२ प्रतिशत पुगेको छ। राष्ट्रिय जनगणना ०६८ मा १७ दशमलव ०७ प्रतिशत सहरी जनसंख्या र ८२ दशमलव ९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो।
तर, संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रअनुसार वर्गीकरण गरी ०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३ दशमलव १९ प्रतिशत र ग्रामीण जनसंख्या ३६ दशमलव ८१ प्रतिशत पुगेको थियो।
०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोमा सोहीअनुसार सहरी जनसंख्याको विश्लेषण गरिएको थियो।
नेपाल सरकारबाट घोषित दुई सय ९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई सहरी क्षेत्रको जनसंख्या र सोबाहेकको चार सय ६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा सहरी जनसंख्याको वर्गीकरण गरिएको छ।