काठमाडौं-नेपालमा १० वर्षको अवधिमा २४.५७ प्रतिशत परिवार थपिएका छन् । २०६८ को जनगणनाअनुसार परिवार संख्या ५४ लाख २७ हजार ३०२ थियो । यो अवधिमा १३ लाख ३३ हजार ५३१ परिवार थप भएका हुन् ।
जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार हालको परिवार संख्या ६७ लाख ६१ हजार ५९ रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
जनगणना घर भने ५६ लाख ४३ हजार ९४५ रहेका छन् ।
विभागका अनुसार प्रत्येक १०० वटा घरमा औसतमा १२० परिवार बसोबास गर्ने गर्छन् ।