रुपन्देही । बुटवलको तिनाउ नदीमा आज शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल —११—बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।
शवलाई पोष्टमाटमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताउनुभयो ।