रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकार पुरस्कृत हुुने भएका छन् ।
महासंघको आज बसेको सचिवालय बैठकले मूल्यांकन समितिले २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाललाई पुरस्कृत गर्न गरेको सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशी रु ५० हजार रहेको छ । जिसी नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एवं लुम्बिनी दैनिकका सल्लाहकार सम्पादक, आचार्य दैनिकपत्रका प्रबन्ध सम्पादक र भुसाल नागरिक दैनिक लुम्बिनीका प्रदेश प्रमुख हुनुहुन्छ ।
पुरस्कार केही दिनमै विशेष समारोह गरेर वितरण गर्ने महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिनुभयो । कोभिडका कारण रोकिएको तीन वर्षको पुरस्कार महासंघले एकैपटक वितरण गर्न लागेको हो ।