रुपन्देही । बुटवलमा म्याद सकिएको औषधीमा नयाँ मूल्य र मिति राखेर विक्रीवितरण गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन गाउँपालिका –२ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका–३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका–११ वैतडीका २६ वर्षीय हरिष भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिका–७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधी तथा पोषणयुक्त साम्रागीको गोदाम राखेर नयाँ मुल्य राखी विक्रीवितरण गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनीहरुको साथबाट २ सय कार्टुन बिभिन्न प्रकारका औषधी तथा पोषणयुक्त सामाग्रीहरु र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । उनीहरु उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।