रुपन्देही । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला वलीको विषयमा छानबिन गर्न प्रदेश सरकारले गठन गरेको कार्यदलले सरोकारवालाहरूसँग आवश्यक जानकारी लिएको छ । कार्यदलले दाङ पुगेर घटनाबारे सत्यतथ्य अध्ययन गरेको छ ।
घटनाबारे बुझ्न दाङ पुगेको उक्त कार्यदलको टोलीले बुधबार सरोकारवालाहरूसँग आवश्यक जानकारी लिएर आज फर्किएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले तुलसीपुरमा घटनाबारे पीडित पक्ष र प्रहरी अधिकारीसँग सोधपुछ र छलफल गरेको बताउनुभयो ।
घटना भएको घरमै पुगेर पीडित र प्रहरीसँग कुराकानी गरिएको उहाँको भनाइ छ । समय सीमाभित्रै घटनाबारे प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको मन्त्री शर्माले बताउनुभयो । घटनाबारे सत्यतथ्य अध्ययन गर्न उक्त टोली मंगलबार दाङ गएको थियो ।
गत जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका —५ स्थित बसपार्क नजिकैको एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमतीमाथि दूव्र्यवहार गर्नुभएको थियो ।
बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेतले मन्त्री वली आफ्नो घरभित्रै पसेर आफू र छोरीमाथि कुटपिट गर्नुका साथै दराजलगायत सामग्रीमा क्षति पु¥याएको भन्दै उजुरी दिनुभएको छ । घटनापछि गत असार १ गते बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो ।