काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाउनुभयो ।
शुक्रबार ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गर्नुभएका आलेले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाउनुभएको आले निकट स्रोतले बतायो । मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको छ ।
आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । तर, पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।