रुपन्देही । मंगलबार बिहानैदेखि परेको वर्षाका कारण बुटवलको तिनाउ नदीमा बाढी आएको छ । बाढिका कारण तिनाउमा पानीको सतह बढेको बुटवल–११ बुद्धनगरका रुपा विकले जानकारी दिनुभयो । गर्मी महिनामा सुख्खा रहेको नदीमा बिहानैदेखि परेको पानीले एक्कासी बाढि आएको उहाँको भनाइ छ ।