रुपन्देही । वर्षासँगै परेको चट्याङ्गले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ ।
आज बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बरहीको शवलाई पोष्टमार्टनका लागि भैरहवा स्थित भिम अस्पतालमा राखिएको छ ।