रुपन्देही । आज पनि देशका विभिन्न भागमा वर्षा भइरहेको छ । सामान्यदेखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर रहेको छ ।
देशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण नदीनालामा पानीको सहत बढेको छ । बुटवलको तिनाउ नदीमा बाढि आएको छ । मंगलबारको तुलनामा बुधबार नदीमा पानीको सतह बढेको छ ।
लुम्बिनी प्रदेशसहित प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन÷ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ ।