रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।
उहाँले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजिनामा बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् प्रदेश सभा सदस्य सुदर्शन बरालले जानकारी दिनुभयो । “वलीले दिएको राजिनामा स्वीकृत भइसकेको छ”, अध्यक्ष बरालले भन्नुभयो ।
गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकाी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भनी उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको छ । समितीले दाङ पुगेर घटनासँग सम्बन्धित सबैसँग छलफल गरी फर्किएको छ ।