रुपन्देही । यही साउन १ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको समाचार संकलनमा गएका नेपाल पत्रकार महासंघ रुपन्दहीका पूर्व कोषाध्यक्ष यमलाल भुसाल र पूर्व कार्यसमिति सदस्य रेखा भुसालप्रति जनप्रतिनिधिबाट भएको अभद्र व्यवहारप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले विज्ञप्ति निकालेर नगरसभा बैठकस्थलमा जनप्रतिनिधिहरु पक्ष र विपक्षमा विभाजित भएर विवाद भइरहेको बेला नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले पत्रकार भुसाललाई दुव्र्यवहार गर्दै झोला खोस्नेसम्मको कार्य गरेको र अर्का पत्रकार रेखा भुसाललाई आक्षेपपूर्ण दुव्र्यहारले स्वतन्त्र प्रेस र सार्वजनिक कार्यक्रममा रिपोर्टिङ् गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने खालको व्यवहार भएको महासंघको ठहर छ ।
“जनप्रतिनिधिहरुले नगरसभामा भएका गतिविधिलाई आम नागरिकमाझ पु¥याउन सहजीकरण गर्नुपर्नेमा त्यसो नहुने कुरा दुःखद् हो । जनप्रतिनिधिबाटै संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आँच पु¥याउने खालका अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ”, विज्ञप्तिमा भनिएको छ – “तसर्थ आगामी दिनमा यस्ता खालका गतिविधि नदोहो¥याउन सचेत गराउँदै स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गर्दछौं साथै दलीय आस्थाका आधारमा पत्रकारहरु विभाजित हुने र पत्रकारितामा आँच आउने खालका गतिविधि नगर्न पत्रकारहरुलाई समेत आग्रह गर्दछौं । ”, अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।”