रुपन्देही । लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गएराती १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदे प्रमुख शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेश सभा सचिवालयले सदस्यहरुलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।