अछाम। निरन्तरकाे वर्षा पछि आएको पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका ३ जनाको मृत्यु भएको हो ।
अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी नैना विष्ट गम्भीर घाइते भएको घटना स्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिनुभयो ।
अहिले स्थानीय, जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।बर्षापछि घर माथिबाट आएको पहिरोका कारण दुःखद घटना भएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताउनुभयो ।
घटनाबारे थप क्षतिको विवरण आइसकेको छैन ।