चितवन । पहिरो पन्छाएपछि २३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
गए राति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार आज बिहान साढे २ बजेतिर भरतपुर २९ केराबारी क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम जारी रहेकाले केही एक-दुई घण्टामै बाटो खुल्ने छ ।