काठमाडौँ । देशभरि आज ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ हजार ९ सय २६ नमुनाको परीक्षण गर्दा ७ सय ६० मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणलाई जितेर ३ सय २४ जना घर फर्किएका छन् ।
कोरोना सङ्क्रमणको सङ्ख्या दैनिक बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेका छन् । देशैभरि ५ हजार ६ सय २ सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् ।
आज ४७ हजार ३ सय ४१ ले कोरोना विरुद्धको खोप लगाएका छन् ।