रुपन्देही । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन ।चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।