बुुटवल । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एंव पूूर्वप्रधानमन्त्री झलनाथ खनालले अब मुलुकका लागि समाजवादी क्रान्तिको आवश्यकता रहेको बताउनुभएको छ । नेकपा एकिकृत समाजवादी रुपन्देहीले सोमबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले मुलुकमा पूूँजीवादी क्रान्ति सम्पन्न भएकाले अब समाजवादी क्रान्तिका लागि तयार हुनुपर्ने बताउनुभएको हो । उहांले सामाजिक आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादको बाटोमा जानका लागि कम्यूूनिष्ट र क्रान्तिकारी पार्टीको आवश्यकता हुने बताउनुभयो ।
उहांले दक्षिणपन्थी अवसरवाद हावी भएका कारण कम्यूूनिष्ट आन्दोलनमा भ्रम भएको भन्दै अबको कम्यूनिष्ट केन्द्र नेकपा एकिकृत समाजवादी हुने दावी गर्नुभयो । उहांले दक्षिणपन्थी अवसरबादको दलदलबाट मुुक्त भएपछि सच्चा कम्यूूनिष्टहरु एकताबद्ध हुने समेत बताए । ‘हामीले दक्षिणपन्थी अवसरवादसँग विद्रोह गरेर पार्टी पुुर्नगठन गरेका हौं, अन्य कम्यूूनिष्टहरुभन्दा हामी फरक छौं’ नेता खनालले भन्नुभयो । ‘वास्तवमा हामीले नै अब क्रान्तिकारी कम्यूूनिष्टहरुलाई एकताबद्ध बनाउनेछौं ।’