रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले आज बुटवलमा आयोजना गरेको संविधान दिवस मूल समारोहमा संघीय गणतन्त्र स्थापना तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पदकबाट विभूषित गर्ने घोषणा गरिएको हो ।
मूल समारोहमा मुख्यमन्त्री कुल प्रसाद केसीले नेपालको लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा सबैभन्दा बढि योगदान लुम्बिनी प्रदेशले गरेको बताउनुभयो । “मुलुकको परिवर्तनमा सबैभन्दा ठुलो योगदान र त्याग गरेको प्रदेश लुम्बिनी हो । त्यसैले संविधानमाथि प्रहार भयो भने लुम्बिनीलाई दुख्छ ”, उहाँले भन्नुभयो ।
प्रदेशले अहिलेसम्म ७२ कानुन निर्माण गर्नुका साथै ७० वटा पुल निर्माण र चार वटा गौरवका योजना अघि बढाएको जनाउँदै उहाँले प्रदेशको राजधानी निर्माणका लागि गुरुयोजना बनाएर कामको थालनी गरेको बताउनुभयो । उहाँले भन्नुभयो –“ राजधानीलाई मुलुककै नयाँ शहर बनाउने योजना छ । जसरी गौतम बुद्ध जन्मिएर लुम्बिनी चिनाउनुभयो त्यसरी नै राजधानी स्थापित गरेर नयाँ शहर चिनाउँछौ ।”
पाल्पादेखि रुकुमसँगको सडक आयोजनाको पूरा भएपछि पहाड र तराई जोडिने र १२ जिल्लाका जनतालाई आवागमनमा सहजता हुने उहाँको भनाइ छ । गौतमबुद्ध विमानस्थलमार्फत यो प्रदेश अन्तरराष्टिय हिसाबले समेत जोडिएको उहाँले बताउनुभयो ।
यहाँका १०९ तहका जनप्रतिनिधीले पनि प्रदेशमा एउटा ईँटा थप्दै जाने भएकाले प्रदेश समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।
आज सबै संबैधानिक अंगका मानिसले परिवर्तनलाई आत्मसात गर्न सक्छौ की सक्दैनौ भनेर समक्षिा गर्ने दिन भएको जनाउँदै उहाँले त्याग र तपस्याबाट आए पनि संबिधानको विपक्षमा केही असन्तुष्टि देखिनु बिडम्बना भएको धारणा राख्नुभयो ।
संविधान दिवस मनाउनका लागि प्रदेश सरकारले २०१ सदस्यीय आयोजक समिति गठन गरेको थियो । तीनै तहका सरकाको समन्वयमा कार्यक्रम गरिएको आन्तरिक मामिल, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताउनुभयो ।
मूल समारोेहमा लम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुख जनसेवा पदक तृतीयबाट रुपन्देहीका जनार्दन यादव (मरणोपरान्त) र पाल्पाका जितबहादुर थापालाई विभूषित गर्ने घोषणा गरिएको छ ।
मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीयबाट बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका राजन पाण्डेलाई विभूषित गरिने भएको छ । किदवाई र पाण्डेले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सरकारले विभूषित गर्ने भएको हो ।
यसैगरी प्रदेश सेवा समर्पण पदक प्रथमबाट दाङका विकास देवकोटा, द्वितीयबाट बर्दियाका पूर्णमान ओली, गुल्मीका सीता घिमिरे, नवलपरासीका मोहन पाण्डे, रुपन्देहीका पुष्पराज पाण्डे, दाङका शिवप्रसाद चौधरी, बर्दियाका टंक बहादुर गुरुङ, रुपन्देहीका डा. परवेज आलम विभूषित हुनुहुने भएको छ । यस्तै प्रदेश सेवा समर्पण पदक द्वितीयबाट बाँकेका शारदा कुमारी चौधरी, नवलपरासीका डा. कुन्दकुमार सिंह, रुकुमपूर्व भोगबहादुर खत्री विभूषित हुनुहुने भएको छ ।
उजिरसिंह दीप पदक द्वितीयबाट बर्दियाका मुकुन्द प्रसाद रिजाल, बाँकेका रञ्जु केसी, दैलेखका ह्दयेशकुमार सापकोटा, कपिलवस्तुका नविन चुँदाली, तृतीयबाट अर्घाखाँचीका दामोदर मल्ल, पाल्पाको मदन गैरे, प्युठानका सुरेन्द्र केसी, बाँकेका मोहन विष्ट विभूषित हुनुहुने भएको छ ।
समाजसेवा श्री पदक द्वितीयबाट दाङका डा. किशोर खत्री, दाङकै विमल रिजाल, दाङकै टोपबहादुर घर्ती, बाँकेका मोहम्मद इरफान सिद्धिकी, प्युठानका मेघराज कक्षपति, रुपन्देहीका खेम पुन (मरणेपरान्त), तृतीयबाट बर्दियाका सिता रानी थारु विष्ट विभूषित हुनुहुने भएको छ ।
प्रदेश रत्न पदक प्रथमबाट दाङका कृष्णराज सर्वहारी, दाङकै पत्रकार नारायण खड्का, द्वितीयबाट गुल्मीका भूपाल पोखरेल, बर्दियाका भिमप्रसाद वाग्ले, रोल्पाका हरिबहादुर वली, रुपन्देहका आशुतोष बराल, कपिलवस्तुका जीवन गिरी, रुपन्देहीकै शिवनन्दन जयसवाल, रुपन्देहीकै हरिकेश यादव दाङका गिरीराज शर्मा, पाल्पाका केशवबहादुर कार्की, दाङका पूर्णबहादुर चौधरी (मरणेपरान्त), रोल्पाका पबित्रा घर्तीमगर, कपिलवस्तुका मेघराज ज्ञवाली, तृतीयबाट दाङका जगतराम यादव, रुकुमपूर्व कर्णबहादुर बुढामगर, प्युठानबाट ध्रुव गन्धर्व, पालपाकाका मनोज पौडेल, कपिवलबस्तुका टिकाराम अर्याल, दाङका शिबु खनाललाई विभूषित गरिने भएको छ ।
प्रदेश प्रज्ञा पदक द्वितीयबाट बाँकेका डा. इन्द्रबहादुर भण्डारी, गुल्मीका प्रा.डा. लक्ष्मण ज्ञवाली र तृतीयबाट नवलपरासीका अमिरआजम मिया विभूषित हुनुहुने भएको छ ।
यसैगरी प्रजापति गौतमी पदक द्वितीयबाट रोल्पाका औशी विक, तृतीयबााट प्युठानका राधा घिमिरे (मरणेपरान्त), बाँकेका मिना शर्मा, दङ्गिशरण बलिहाङ्ग पदक द्वितीयबाट रुपन्देहीका चन्द्रिका यादव (मरणोपरान्त), तृतीयबाट बर्दियाका लल्लुराम थारु, प्युठानका गोवद्र्धन थापा, कपिलवस्तुका पत्रकार मनोज पौडेल, रुपन्देहीका दुर्गेश यादव ( मरणोपरान्त) पदकबाट विभूषित हुुुनुहुने आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
मूल समारोह शुरु हुन पूर्व बुटवलको राजमार्ग चौहबाट झाँकी सहितको र्यालि निकालिएको थियो । झाँकीमा देवदहको गुरुङ्टोला कोटहीमाइ झुमरा समूह प्रथम भएको थियो ।
तिलोत्तमा नेवा मयजु खल द्वितीय, सैनामैना नगरपालिकाले तृतीय पुरस्कार र सखिया थारु सामुदायिक होमस्टे, नवलपरासीले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रथम पुरस्कार पच्चिस हजार, द्धितिय पुरस्कार बीस हजार, र तृतीय पुरस्कार १५ हजार प्रदान गरिएको थियो ।