बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले निर्वाचन मार्फत आफ्नो अभिमत राख्ने सवै मतदातालाई धन्यवाद दिनुभएको छ ।
‘निर्वाचन मार्फत सुर्य चिन्हमा मतदान गर्ने मतदातालाई मात्र होइन, अरु चिन्हमा मतदान गर्ने मतदातालाई पनि म धेरै धेरै धन्यवाद दिन चाहान्छु’– नेता पौडेलले भन्नुभयो । नेता पौडेलले मतदान मार्फत जनप्रतिनिधि चुन्न पाउने ब्यवस्थाका लागि आफुहरुले संघर्ष गरेर आएको स्मरण गर्दै यो ब्यवस्थाको संरक्षणका लागि जस्तोसुकै त्याग तपस्या गर्न तयार रहेको बताउनुभयो ।
निर्वाचनको अन्तिम मत परिणामपछि निर्वाचित भएको प्रमाणपत्र बुझे लगत्तै बुटवल नगर परिक्रमापछि आयोजित कोणसभामा बोल्दै नेता पौडेलले निर्वाचन परिणाम करिव आइसकेकाले अब सबै दल मिलेर साझा अवधारणाका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।
साझा आवश्यकतालाई पहिचान गरी दलहरु अघि बढ्नुपर्ने उहांको आग्रह थियो । विवाद र दुरी खोजेर नभई संवाद र सहमती खोजेर अघि बढ्नु पर्ने आवश्यकता समेत उहांले औल्याउनु भयो ।